•  २० कार्तिक २०८१, मंगलवार
  •  5:24:20 AM

व्यवसायीलाई माया जालमा पारेर लाखाै रकम बार्गेनिङ : ३ लाखकाे चेक लिदा लिदै हाेटलबाट समातिए गराेह

- श्रावण १९, २०८० मा प्रकाशित



काठमाडौं । ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको आरोपमा ललितपुर प्रहरीले एक युवतीसहित चार जनालाई पक्राउ गरेको छ । झापा घर भई बानेश्वर बस्ने २४ वर्षीया अनिता मगर भन्ने सिया मगर, सिन्धुपाल्चोक घर भई बानेश्वर बस्ने दिपक पराजुली, भक्तपुर दुवाकोट बस्ने २७ वर्षीय बिमल सुवेदी र सानोठिमी बस्ने २४ वर्षीय सरोज तिमल्सेना पक्राउ परेको ललितपुर प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेकी अनिताले फेसबुकमा पुरूषहरुसँग च्याट गरेर विभिन्न होटलमा बोलाउने गरेको र पछि दीपकले ब्ल्याकमेलिङ गर्ने गर्थे । दीपकबाट प्रेसकार्ड समेत बरामद भएको र उनले गृह मन्त्रालयको प्रेस सल्लाहकार भएको दाबी गर्ने गरेको प्रहरीले जानकारी दिएको छ । बिमल र सरोजले पनि ब्ल्याकमेलिङ गर्ने गरेको खुलेको छ ।

बुधबार ललितपुरको बालकुमारीस्थित बर्गर हाउसमा ३ लाख रुपैयाँको चेक लिइसकेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जानकारी गराएको छ । उनीहरुले अर्का पीडितसँग लिएको ३ लाख २५ हजारको चेक पनि प्रहरीले बरामद गरेको छ । उनीहरुलाई ललितपुर अदालतबाट पाँच दिनको म्याद लिई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Comments

सम्बन्धित खवर