काेशी प्रदेश प्रहरी प्रतिवेदन : एक वर्षमा ८ हजार ७१९ अपराध , ५२ करोड भन्दा बढी राजश्व संकलन
- श्रावण १८, २०८० मा प्रकाशित
इटहरी । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले आर्थिक बर्ष २०७९–०८० को वार्षिक कार्य सम्पादन समिक्षा प्रगति विवरण प्रस्तुत गरेका छन् ।
संगठन प्रमुख प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक तथा प्रदेश प्रहरी प्रमुख र प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरु बीच कार्य सम्पादन सम्झौता तथा कोशी प्रदेश प्रहरीद्धारा संचालित प्रदेश सुरक्षा सुनिश्चितता अभियान अन्तरगत प्रभावकारी रुपमा प्रहरी परिचालन भई कार्यान्वयन हुँदा यस आर्थिक बर्षमा ८ हजार भन्दा बढी मुद्धा दर्ता, दुई हजार ७ सय ७३ फर्च्छौट र ५२ करोड भन्दा बढी राजश्व संकलन भएको छ ।
समाजमा हुने अपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदिजन्य पदार्थ अबैध दोहन, अबैध काठ चोरी निकाशी र ट्राफिक ब्यवस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचाल भए अनुसार उल्लेख्य मात्रामा सफलता हासिल भएको हो ।
आर्थिक बर्षमा ८ हजार ७ सय १९ वटा बिभिन्न अपराध सम्बन्धि मुद्धा दर्ता भई कानूनी कारवाही भईरहेको तथा फैसला कार्यान्वयन तर्फ बिभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहदै आएका एक हजार चार सय ६६ जना फरार प्रतिवादीहरु पक्राउ गरी ९ सय ४३ बर्ष ७ महिना दुई दिन कैद र चार करोड २४ लाख १२ हजार ३ सय २२ रुपैयाँ राजश्व संकलन भएको छ ।
यसैगरी भन्सार चोरी निकासी तर्फ अबैध रुपमा समान चोरी निकासी गर्ने १०० जना मानिस पक्राउ गर्नुका साथै २६ करोड ९८ लाख ३८ हजार ९ सय ८० रुपैयाँ राजश्व संकलन भएको छ । यस्तै नदिजन्य पदार्थको अबैध रुपमा दोहन गर्ने ७४ जना मानिस र ३३३ वटा नदिजन्य पदार्थ उत्खनन गर्ने र ओसार पसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै ३९ लाख २८ हजार ५ सय ३५ रुपैयाँ राजश्व संकलन भएको छ ।
यसैगरी अबैध काठ चोरी निकासी गर्ने ३८ जना मानिस पक्राउ गर्नुका साथै ५ हजार ९ सय ६१ क्यूफिट काठ बरामद गरी एक करोड ३१ लाख ४५ हजार ३ सय ५७ रुपैयाँ राजश्व संकलन भएको छ । त्यसैगरी ट्राफिक ब्यबस्थापन तर्फ यस आर्थिक बर्षमा ट्राफिक नियम उलंघन गर्ने तीन लाख १ हजार ७ सय ४९ वटा सवारी साधनलाई कारवाही गर्दा २३ करोड ४८ लाख ६६ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।
लागूऔषध नियन्त्रण तर्फ गाँजा ५ हजार ८ सय १५ केजी ४९२ ग्राम ७०० मिलीग्राम, अफिम २७ ग्राम ६८ मिलिग्राम, ब्राउनसुगर २ केजी ७९ ग्राम ८४९ मिलिग्राम, बिभिन्न मनोद्धिपक क्याप्सलु २७ हजार ६ सय १८, मनोद्धिपक एम्पुल १० हजार १ सय ७५ र मनोद्धिपक औषधीहरु ३१७ क्याप्सुल नियन्त्रण गरिएको र १ हजार ७ सय ६३ रोपनी क्षेत्रफलमा लगाएको ६ लाख ७५ हजार ३ सय १४ बोट गाँजा नष्ट गरिएको छ ।
यस आर्थिकमा कुल ५२ करोड १७ लाख ७८ हजार ८ सय ७२ रुपैयाँ राजश्व संकलन भएको छ । यसका साथै यस आर्थिक बर्षमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत प्रदेश भरी बिभिन्न किसिमका सचेतना मुलक कार्यक्रमहरु तिब्रताका साथ संचालन गरिएको छ ।
साईबर अपराध, आत्महत्या न्यूनिकरण, ट्राफिक सचेतना, घरेलु हिंसा, महिला हिंसा, मानव बेचबिखन लागूऔषध दुर्ब्यसन लगायत ३६ हजार ८ सय ८१ स्थानमा बिभिन्न जनचेतना मुलक कार्यक्रमहरु संचालन गरीएको र उक्त कार्यक्रमबाट १० लाख ३१ हजार ३५१ जना भन्दा बढी नागरीकहरु लाभान्वित भएको कोशी प्रदेश प्रहरी कार्यालयको सभाहलमा पत्रकार सम्मेलन मार्फत सार्वजानिक गरिएको हो ।
सम्बन्धित खवर
-
ताजा कार्तिक २०, २०८१The Secret Sauce: Best Roulette Method To Wi
-
ताजा कार्तिक २०, २०८१“A Few Ways To Play Crap
-
ताजा कार्तिक २०, २०८१10 Of The Particular World’s Largest Casinos: The Largest Casinos Ever
-
ताजा कार्तिक २०, २०८१How To Begin An On-line Casino In Several Steps 202
-
ताजा कार्तिक १९, २०८१संखुवासभामा ‘ड्युटी’ बाट फर्किने क्रममा लडेका हवल्दारको मृत्यु
Comments