•  २० कार्तिक २०८१, मंगलवार
  •  9:39:12 AM

बृहत् वृक्षारोपण सहित ७२ औँ मदन जयन्ती सम्पन्न

- असार १४, २०८० मा प्रकाशित



मोरङ । बृहत् वृक्षारोपण सहित मदन जयन्ती सम्पन्न भूमिप्रसाद पाठक, असार १४, पथरी शनिश्चरे । तत्कालीन नेकपा (माले) का महासचिव एवम् जनताको बहुदलीय जनवादका प्रतिपादक जननेता मदनकुमार भण्डारीको ७२ औँ जन्मजयन्ती आज देशभरि मनाइएको छ ।

पार्टीको पथरी शनिश्चरे नगरपालिका कमिटीले वडा–वडाबाट उपस्थित सयौँ स्थानीय नेता, कार्यकर्ता र सामाजिक अगुवामाझ आज बिहानैदेखि विभिन्न ७२ प्रजातिका वृक्षारोपण गर्दै ७२ औँ जन्मजयन्ती कार्यक्रम सम्पन्न गरेको छ । शहरको वडा नं. १, बुद्धचौकस्थित पञ्चायत माविको परिसरमा सम्पन्न उक्त वृक्षारोपण कार्यक्रममा नगरपालिका प्रमुख मोहनप्रसाद तुम्बापोले बहुगुणीय अम्बालाको वृक्ष रोपेर कार्यक्रम आरम्भ गर्नुभएको थियो । पूर्वनगर प्रमुख दिलिपकुमार राई, पार्टी प्रदेश कमिटी सदस्यद्वय देवराज भण्डारी, पर्शुराम मिश्र, जिल्ला सदस्य भगतचन्द्र थपलिया, यमुना विष्टलगायत स्थानीय नेतृत्वको उपस्थिति रहेको कार्यक्रममा १०, १, २ र ८ नम्बर वडाध्यक्षहरू क्रमशः जीवन खतिवडा, भीमकुमार राई, नैना राई, नवीनजंग कार्कीसहित उल्लेख्य जनप्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।

राष्ट्रिय युवा संघ नेपालको नगरपालिका कमिटीको समेत सहकार्य रहेको यस कार्यक्रममा मुक्ति समाज नेपाल, जिफण्ट, अनेमसंघको प्रतिनिधिमूलक सहभागिता रहेको पार्टीका १ नम्बर वडाध्यक्ष प्रदीपकुमार राईले जानकारी दिनुभयो । जननेता मदनकुमार भण्डारीको परिस्कृत बिचारले नेपालको बाम–प्रजातान्त्रिक र कम्युनिष्ट आन्दोलनलाई एकीकृत ढंगले संगठित गर्दै लगेको र जनापेक्षाअनुसार समाजवादउन्मुख कार्यक्रमका रूपमा उहाँको बिचार जबरजस्त फैलिएको राजनीतिक–बैचारिक प्रसङ्ग उठाउनुहुँदै अध्यक्ष रमेश दाहाल र नेता देवराज भण्डारीले जननेता भण्डारी यतिबेला भौतिक रूपमा नरहे पनि बिचारले कालजयी रहनुभएको दावी पेश गर्नुभयो । उपाध्यक्ष प्रकाशबहादुर कार्कीका अनुसार जननेताको अगुवाइमा प्रतिपादित बिचार त मनसपटलमा रोपियो नै, मानवमैत्री पर्यावरण र वातावरणीय सन्तुलनका लागि पनि आधार तयार गरियो भन्दै युवा संघ नगर अध्यक्ष उपेन्द्र मादेन लिम्बूले सहभागी सबैलाई खुशी व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष युवराज बास्कोटा, सदस्यहरू गोमा दाहाल निरौला, रामप्रसाद ग्यावा तामाङ, प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी, शिक्षक राजु तिम्सिनालगायत विद्यालय परिवारको समेत सक्रिय सहभागिता रहेको थियो ।

७२ वटाभन्दा बढी पनि बिरुवा रोएिका छन् । दैनन्दिन हेरचाह र समयसमयमा गोडमेल आवश्यक छ । यहाँ रोपिएका वृक्षहरूमा फल दिने, फूल दिने, सौन्दर्य दिने, वातावरण दिने र सुगन्ध दिने प्रकृतिका वनौषधियुक्त बिरुवा भएको उपसचिव रुकमिणा अधिकारी बजगाईले बताउनुयो ।

Comments

सम्बन्धित खवर