काठमाडौंको भोटेबहालमा इनारमा खसेर दुई जनाको मृत्यु
- असार ११, २०८० मा प्रकाशित
काठमाडौं । काठमाडौंको भोटेबहालमा इनारमा खस्दा दुई जनाको मृत्यु भएको छ। भोटेबहालस्थित एक घरमा पेन्टिङ गरिरहेका उनीहरू इनारबाट पानी तान्नेक्रममा डुबेका हुन्। पानी तान्ने क्रममा मोटर इनारमा खसेपछि सुरुमा झापा घर भएका ३६ वर्षीय दिपेन लिम्बु मोटर निकाल्न गएका थिए।
उनी नफर्किएपछि उनलाई बचाउन गएका सिन्धुली घर भएका २२ वर्षीय जितेश गुरुङ पनि त्यहीँ फसे।दुवै जनाको इनारभित्र ज्यान गएको काठमाडौं प्रहरी प्रवक्ता एसपी सिताराम रिजालले बताए। उनीहरुको शव अहिले इनारबाट निकालिएको छ। मुचुल्का गरेर पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लैजाने तयारी छ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १९, २०८१संखुवासभामा ‘ड्युटी’ बाट फर्किने क्रममा लडेका हवल्दारको मृत्यु
-
ताजा कार्तिक १९, २०८१बर्षाले बीपी राजमार्ग एकतर्फी सञ्चालन
-
ताजा कार्तिक १९, २०८१सुनसरीको एक यस्तो ठाउँ, जहाँ दाइजोमा सिंगो गाउँ नै दिने चलन छ , तीन देखि ४ लाख सम्म हुन्छ बिक्री
-
ताजा कार्तिक १९, २०८१विश्वप्रसिद्ध एघारौं ज्योतिर्लिङ्ग केदारनाथ धामको ढोका बन्द गरियाे , ६ महिना पछि खुल्ने
-
ताजा कार्तिक १९, २०८१सर्लाहीमा बेवारिसे महिलाले सडकमै जन्माइन् शिशु
Comments