भारत जाँदै गरेको कारभित्र भेटियो दुई किलो सुन, समातिए चालक
- असार १०, २०८० मा प्रकाशित
रुपन्देही । रुपन्देहीमा सशस्त्र प्रहरीले कारमा सुन लिएर भारत जाँदै गरेको एक व्यक्तिलाई पक्राउ गरेको छ। रुपन्देहीको सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) ले शनिबार राति लुम्बिनी सांस्कृतिक नगरपालिका–१३, कालीदहबाट २ किलो सुनसहित कार र चालकलाई नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार विशेष सूचनाका आधारमा भारततर्फ जाँदै गरेको बा. १२ च. ३८२० नम्बरको मारुती सुजुकी कार चेकजाँच गर्दा सुन फेला परेपछि चालक दाङको घोराही नगरपालिका–१० का हुमानन्द गिरीलाई पक्राउ गरिएको हो।
गियर बक्समा फल्स बटम बनाएर लुकाईछिपाई राखिएको अवस्थामा इँटा आकारको २ थान सुन बरामद भएको उनले बताए। सुनको १ करोड ८८ लाख २७ हजार, कारको १५ लाख गरी जम्मा २ करोड ३ लाख २७ हजार रुपैयाँ मूल्य कायम गरी दुवै चिज भैरहवा भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १९, २०८१संखुवासभामा ‘ड्युटी’ बाट फर्किने क्रममा लडेका हवल्दारको मृत्यु
-
ताजा कार्तिक १९, २०८१बर्षाले बीपी राजमार्ग एकतर्फी सञ्चालन
-
ताजा कार्तिक १९, २०८१सुनसरीको एक यस्तो ठाउँ, जहाँ दाइजोमा सिंगो गाउँ नै दिने चलन छ , तीन देखि ४ लाख सम्म हुन्छ बिक्री
-
ताजा कार्तिक १९, २०८१विश्वप्रसिद्ध एघारौं ज्योतिर्लिङ्ग केदारनाथ धामको ढोका बन्द गरियाे , ६ महिना पछि खुल्ने
-
ताजा कार्तिक १९, २०८१सर्लाहीमा बेवारिसे महिलाले सडकमै जन्माइन् शिशु
Comments