•  १९ कार्तिक २०८१, सोमबार
  •  12:20:21 AM

आइतबारसम्म देशभर भारी वर्षा, यस्तो रहनेछ तीन दिन सात प्रदेशको मौसम

- असार ८, २०८० मा प्रकाशित



काठमाडौं । आइतबारसम्म देशभर पानी पर्ने मौसम विभागले जनाएको छ । बिहिबार बेलुकादेखि सातै प्रदेशमा पानी परिहेको छ । मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार शुक्रबारदेखि आइतबारसम्म देशभर मौसम बदली र वर्षा हुने सम्भावना रहेको जनाएको हो ।

महाशाखाले सामान्यतया ३ दिनसम्मको मौसम अनुमान गर्ने गर्छ । जसअनुसार आइतबारसम्म देशभरको मौसम बदली हुने जनाएको हो । आगामी २४ घण्टाका लागि विभागले देशभर आंशिकदेखि सामान्य बदली हुने भएकोले सुरक्षीत रहन अनुरोध गरेको छ ।

नेपालको पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन वर्षायाम सुरु गराउने मौसमी प्रणाली कोशी, मधेशको पूर्वी भाग, बागमती र गण्डकी प्रदेशसम्म मात्र फैलिएको थियो । तर अहिले बढ्दै गएको मौसम बदली र वर्षा सातै प्रदेशमा फैलिएको छ । बिहिबार कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको भएको थियो ।

विभागले भारी वर्षाका कारण बाढी, पहिरो, डुबान, भूक्षय तथा गेग्रान बहाव आउने सम्भावना रहेकोले हुने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । उच्च मौसम बदली हुने भएकोले सडक तथा हवाई यातायात, कृषि, पर्यटनलगायत क्षेत्र प्रभावित हुने मौसम विभागले अनुमान गरेको छ ।

मौसमविद्का अनुसार २४ घण्टामा– १० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई हल्का वर्षा, १० मिलिमिटरदेखि माथि ५० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई मध्यम वर्षा तथा ५० भन्दा माथि सय मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई भारी वर्षा भनिन्छ ।
असार ८ गते शुक्रबार
आजको मौसम सामान्यतय देशभर बदली हुने छ । सामान्य वर्षादेखि मेघगर्जन र चट्याङसहित वर्षा हुने छ । कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित सामान्य वर्षाको संभाना रहेको मौसम विभागले जनाएको छ । भने कोशी प्रदेश, मधेश प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको रहेको छ ।
असार ९ गते शनिबार
शनिबारको मौसम दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशभर केही स्थानमा मेघगर्जनसहित चट्याङ पर्ने छ । देशभर सामान्य वर्षाको संभावना रहेको छ । बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । भने, राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रदेशका थोरै स्थानमा साथै कर्णाली प्रदेशका स्थानमा भारी वर्षाको रहेको छ ।

असार १० गते आइतबार
आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य मौसम बदली रहनेछ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेश, कर्णाली गण्डकी र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ ।

Comments

सम्बन्धित खवर