•  १९ कार्तिक २०८१, सोमबार
  •  12:23:38 AM

पाँचथरमा बाढीबाट ४४७ जना विस्थापित ,९५ वटा घरमा क्षती

- असार ७, २०८० मा प्रकाशित



फिदिम । असार २ गते परेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी पाँचथरमा विस्थापित हुनेको सङ्ख्या ४४७ पुगेको छ ।पहिरोका कारण ९५ वटा घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी) हरि खतिवडाले बाढीले घर बगाउँदा ४४७ जना विस्थापित भएको बताउनुभयो ।

विस्थापित हुनेमा सबैभन्दा धेरै याङवरक र फालेलुङ गाउँपालिकाका नागरिक हुन् । असार ३ गते मध्यरातमा आएको बाढीका कारण जिल्लामा हालसम्म तीन जनाले ज्यान गुमाएका छन् भने तीन जना बेपत्ता भएका छन् ।

पहिरोका कारण जिल्लाका विभिन्न पुलमा लगाएका १५ वटा पुलमा क्षति पुग्नका साथै तीन वटा विद्युत कम्पनीमा बिजुली उत्पादन ठप्प भएको छ । बाढीले हेवा र तमोर खोलाका पुल बगेका कारण राहत र उद्धारमा समेत कठिनाइ भइरहेको छ ।

Comments

सम्बन्धित खवर