इटहरी । चितवन भरतपुरस्थित त्रिशुल फुड्स प्रा.ली. ले आफ्ना डिलर र ग्राहकलाई प्रोत्साहन गर्ने उद्देश्यसहित ईटहरीमा “जस्मिन दशैं–तिहार ट्रिपल धमाका (तेस्रो संस्करण)” सम्पन्न गरेकाे छ ।
कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक राजाराम खरेल, सेल्स डाइरेक्टर कन्चन कुमार मिश्र, सेल्स म्यानेजर मदन श्रेष्ठ, एस क्षेत्रका म्यानेजर सुनिल कर्ण लगायत करिब १५० जना डिलर, होलसेल तथा रिटेल व्यापारीको उपस्थिति रहेको थियो।
श्रावण २०८२ देखि फागुन २०८२ सम्म सञ्चालन हुने योजनाअन्तर्गत १ केजी जस्मिन मसला खरिदमा एउटा कुपन दिइने र लक्की ड्रमार्फत पुरस्कार वितरण गरिने कम्पनीले जनाएको छ।
ईटहरी कार्यक्रममा पहिलो पुरस्कार ४३ इन्च टिभी (एम.के. किराना, धरान), दोस्रो पुरस्कार १८५ लिटर फ्रिज (सन्तोष किराना, नेमुवा र अमन इन्टरप्राइजेज, गोलबजार) लगायत अन्य पुरस्कार वितरण गरिएको थियो। विगत १५ वर्षदेखि मसला उत्पादन गर्दै आएको कम्पनी ISO 2015 प्रमाणित रहेको छ र मेचीदेखि महाकालीसम्म आफ्ना उत्पादन पुर्याउँदै आएको जनाएको छ।



























Discussion about this post