इटहरी । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री डा. आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौंबाट उनीहरूविरुद्ध पक्राउ अनुमति लिएको उच्च स्रोतले जनाएको छ।
स्रोतका अनुसार अदालतले पक्राउ अनुमति दिइसकेको भए पनि देउवा दम्पत्ति हाल नेपालबाहिर रहेकाले पक्राउ हुन सकेको छैन। उनीहरू २१ फागुनको चुनावअघि स्वास्थ्य उपचारका लागि सिंगापुर गएका थिए र त्यहाँबाट हङकङ पुगेको समाचारसमेत सार्वजनिक भएको थियो।
यसअघि जेनजी आन्दोलनका क्रममा देउवा दम्पत्तिमाथि कुटपिट भएको र बुढानीलकण्ठस्थित निवासमा आगजनी हुँदा जलेका नोट फेला परेको विषय पनि बाहिर आएको थियो। त्यसपछि सम्पत्ति शुद्धीकरण विभागले निवासमा पुगेर मुचुल्का तयार पारेको थियो।हाल उक्त प्रकरणको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले अगाडि बढाइरहेको छ।


























Discussion about this post