धनुषा । धनुषामा बसले अटो रिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ।दुर्घटनामा गणेशमान चारनाथ नगरपालिका ४ भरतपुरका अन्दाजी ४० वर्षीय रमेश मगर, उनकी पत्नी ३५ वर्षीया निशा मगर र रमेशका भाइ ३५ वर्षीय शम्भु मगर र अटो रिक्सा चालक सोही ठाउँका ४० वर्षीय डम्बर राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा पतिपत्नीकै मृत्यु हुँदा उनीहरूका छोराछोरी भने गम्भीर घाइते भएका छन्। गम्भीर घाइते १४ र ९ वर्षीया छोराछोरीको जनकपुरधामस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।शनिबार साँझ सात बजेतिर विराटनगरबाट धनगढी जाँदै गरेको सु।प्र ०१–००१ ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ह १२३० नम्बरको अटोरिक्सालाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी गणेश बमले जानकारी दिए।
पूर्वपश्चिम राजमार्गमा पर्ने धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा १ वीरेन्द्र बजारमा दुर्घटना भएको हो।दुर्घटनापछि प्रहरीले बस चालकलाई पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



























Discussion about this post