इटहरी । प्रधानमन्त्री बालेन्द्र शाहसँग नगद मात्र एक करोड ४६ लाख रुपैयाँ रहेको छ। आइतबार सार्वजनिक भएको सम्पत्ति विवरण अनुसार नगद मात्रै एक करोड ४६ लाख रुपैयाँ रहेको देखिएको हो।
फेसबुक, युट्युव, टिकटक लगायतबाट बालेन्द्रले आम्दानी गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाएको सम्पत्ति विवरणमा उल्लेख छ।यस्तै, प्रधानमन्त्री पत्नी सविना काफ्लेसँग १९० तोला सुन, चाँदी र हिराका गहना रहेको प्रधानमन्त्रीको सम्पत्ति विवरणमा उल्लेख छ। उक्त गहनाको स्रोत उनले पैत्रिक सम्पत्ति भनेका छन्।
काठमाडौँ महानगरपालिका ९ मा ध्रुवतेली शाहको नामा ५ आना र धनुषामा १.२ बिघा जग्गा र महोत्तरीमा रामनारायण शाहको नाममा ९ विघा जग्गा रहेको पनि प्रधानमन्त्रीको सम्पत्ति विवरणमा उल्लेख छ। अन्य सम्पत्तिको नाममा उनले फेसबुक, युट्युव र टिकटक रहेको उल्लेख गरेका छन्।


























Discussion about this post