
भूतपूर्व गोर्खाहरुको पेन्सन सीधै राष्ट्र बैंकमै आउने ब्यवस्था मिलाउन माग
- बैशाख १७, २०७९ मा प्रकाशित
लन्डन: बेलायतस्थित भूतपूर्व गोर्खाहरुको पेन्सन अहिलेसम्म पनि भारतको रिजर्भ बैकमा जम्मा हुदाँ नेपाललाई करोडौं रुपैयाँ घाटा भएको भन्दै गोर्खाहरुले आपत्ति जनाएका छन् ।
गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति यूके नेपालका प्रमुख संयोजक कृष्णबहादुर राई र ब्रिटिश गोरखा नेपाली नागरिकता निरन्तरता अभियान यूके नेपालका प्रमुख संयोजक सन्तोष थलङले बेलायतस्थित नेपाली दूतावासमार्फत अर्थमन्त्रीलाई एक पत्र लेख्दै सरकारको दशकौं देखि पाउण्ड स्टर्लिङबाट भारुमा हुँदै नेपाल आउने भूतपूर्व गोर्खाहरुको पेन्सन पाउण्ड स्टर्लिङ सीधै नेपाल राष्ट्र बैंकमै आउने ब्यवस्था मिलाउन नेपाल सरकार तथा बेलायत सरकारसंग जोडदार माग गरेका हुन् ।
देशलाई संकट परेको अवस्थामा हामीले हाम्रो जिन्दगीको बाजी लगाएर आर्जेको ब्रिटिश सेनाको पेन्सन र क्षतिपूर्ति पाउण्ड स्टर्लिङमै नेपाल राष्ट्र बैंकमा जम्मा हुने ब्यवस्था मिलाई देशका लागि बैदेशिक मुद्रा आयात गर्ने दीर्घकालिन श्रोत निर्माण गरि देशको अर्थतन्त्रमा योगदान पुरयाउन चाहन्छौं पत्रमा उल्लेख छ ।
उनीहरुले नेपालमा हाल अर्थतन्त्रमा देखिएको संकटप्रति चासो देखाउँदै नेपाली नागरिकता निरन्तरताको सुनिश्चितता नभएर दीर्घकालीन बसोबास नै बेलायतमा हुने परिस्थिति भए गोरखाहरुले वाध्य भएर नेपालमा भएका आफ्नो चल–अचल सम्पत्ति बिक्री गरि अर्बौँ नेपाली मुद्रा बेलायत तिरै लैजानुपर्ने स्थिति सृजना हुनेतर्फसमेत सचेत गराएका छन् ।
गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति तथा ब्रिटिश गोरखा नेपाली नागरिकता निरन्तरता अभियान समितिले संयुक्त रुपमा शुक्रबार लन्डनस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्यमार्फत अर्थमन्त्रीलाई पेस गरेको पत्रमा वैदेशिक मुद्रा आयात गर्ने दीर्घकालिन श्रोत निर्माण गरी देशको अर्थतन्त्रमा योगदान पुर्याउन लालयित भएको जनाउंदै गोर्खाहरुले यसका लागि तत्काल पहल गर्न नेपाल सरकारलाई विशेष सुझावसहित अनुरोध गरेका छन् ।
उनीहरुले पत्रमा गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिको निर्णायक आन्दोलन पश्चात नेपाल सरकार, बेलायत सरकार र गोरखा प्रतिनिधिबीच सम्पन्न हुने वार्तामा यस बिषयलाई प्रमुख एजेन्डाका रुपमा समावेश गरिएको स्मरण गरेका छन् । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
Comments