इटहरी । प्रतिनिधिसभा सदस्य निर्वाचनको क्रममा सामाजिक सञ्जालमार्फत भ्रम फैलाएको आरोपमा देशभरबाट ३७ जना पक्राउ परेका छन् ।नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेका अनुसार उम्मेदवारी दर्तादेखि मतदानको दिनसम्म १५ जिल्लाबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो। प्रहरीले विभिन्न मिति र स्थानबाट उनीहरूलाई पक्राउ गरेको जनाएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत उम्मेदवारी दर्ता माघ ६ गते भएको थियो भने फागुन २१ गते मतदान सम्पन्न भएको थियो।प्रवक्ता काफ्लेका अनुसार यस अवधिमा काठमाडौंमा सबैभन्दा बढी व्यक्ति पक्राउ परेका छन्। काठमाडौंबाट सामाजिक सञ्जालमा भ्रम फैलाएको आरोपमा १६ जनालाई पक्राउ गरिएको उनले जानकारी दिए।
त्यसैगरी बाँकेबाट ४ जना, दाङबाट ३ जना, चितवनबाट २ जना र सल्याणबाट २ जना पक्राउ परेका छन् ।यस्तै भक्तपुर, सुनसरी, सप्तरी, धनुषा, रौतहट, बारा, मकवानपुर, कास्की, रुपन्देही र अछामबाट एक–एक जनालाई पक्राउ गरिएको केन्द्रीय प्रवक्ता काफ्लेले बताए।


























Discussion about this post