इटहरी । कोशी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारभन्दा पार्टी र प्रभावशाली नेताहरूकाे लोकप्रियता बढी देखिएको छ। काेशी प्रदेशकाे बिभिन्न जिल्लाहरूमा बिजयीउत्सव चलिरहदा सहभागी उममेद्वारहरूलाइ जनताले चिन्दै नचिनेकाे पाइएकाे छ । र्यालीमा बालेन्द्र शाह पनि सहभागी हुनुपर्ने धेरै जसाे मतदाताहरूकाे सुझाव छ ।
सुनसरी क्षेत्र नं २ मा रास्वपाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य लालबिक्रम थापाकाे बिजयउत्सव तथा मतदाता भेटघाट कार्यक्रमहरूमा धेरै जसाेले पार्टिभित्रकै प्रभावसाली नेता बालेन्द्र शाहकाे खाेजी गरेकाे र्यालीमा सहभागीहरूले जनाएका छन । सुनसरीमा मात्र अन्य क्षेत्रमा पनि मतदाताहरूले उम्मेद्वार भन्दा प्रभावशाली नेताहरूकाे उपस्थितीमा बिजयउत्सव हुनुपर्ने सुझाव दिएका छन ।
काेशी प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये १७ क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन्। जितेका केहि स्थान मध्इे अधिकांस क्षेत्रमा मतदाताहरू उम्मेद्वार नै नचिनेकाे बताएका छन । पार्टि र प्रभावशाली नेताकाे पपुलारिटिकै कारण कोशी प्रदेशमा रास्वपाले समानुपातिकतर्फ ८ लाख ५३ हजार १८६ मत प्राप्त गरेको छ। तर, प्रत्यक्षतर्फ सबै उम्मेदवारले पाएको मत जोड्दा ७ लाख ९६ हजार २७ मात्रै पुग्छ, जुन समानुपातिक मतभन्दा कम हो।
अन्य दलहरूको हकमा भने स्थिति फरक देखिएको छ। उदाहरणका लागि, नेपाली कांग्रेसले समानुपातिकतर्फ २ लाख ९० हजार ५६२ मत पाएको छ। तर प्रदेशभर कांग्रेसका २८ उम्मेदवारले प्रत्यक्षतर्फ पाएको कुल मत ३ लाख ६० हजार ८०९ पुगेको छ।


























Discussion about this post