[t4b-ticker]
Sunday, March 1, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    सुनसरी २ मा सुजनकाे चर्चा : चुनावी कमाण्डर द्वारिकलाल चाैधरी भन्छन “अघिल्लोभन्दा बढी मत ल्याएर जित्छाै”

    निर्वाचन बिथोल्ने अभिव्यक्ति दिँदै आएका दुर्गा प्रसाईँ फेरि पक्राउ

    कर्णालीमा रास्वपालाई धक्का : संस्थापक महामन्त्री र कार्यवाहक जिल्ला सभापति कांग्रेस प्रवेश

    विमानस्थल बनाउन हर्क साम्पाङले रोक्का राखेको जग्गा अइन्द्रले फुकुवा गरिदिए

    सर्लाहीमा पतिपत्नी एकै ठाउँमा मृत फेला

    यसपटक टिकट नपाएका रास्वपा कोसी प्रदेश सदस्य ठगेन्द्रले छाडे पार्टी, ओलीले भित्र्याए एमालेमा

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
फाल्गुन १७, २०८२ मा प्रकाशित
✅ BANNER, समाचार
सुनसरी २ मा सुजनकाे चर्चा : चुनावी कमाण्डर द्वारिकलाल चाैधरी भन्छन “अघिल्लोभन्दा बढी मत ल्याएर जित्छाै”
17
SHARES
Share on FacebookShare on Twitter

इटहरी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सुनसरी क्षेत्र नं. २ बाट युवा नेता सुजन लामालाई प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार बनाएको छ। विगतमा एमालेले जित निकाल्दै आएको यस क्षेत्रमा पार्टी संगठन मजबुत रहेको दाबी गर्दै यसपटक पनि उत्साहित देखिएको छ।

कोशी प्रदेश युवा संघका संयोजकसमेत रहेका लामाको यो पहिलो संसदीय निर्वाचन हो। आफूलाई “थोरै बोल्ने, धेरै काम गर्ने” उम्मेदवारका रूपमा प्रस्तुत गर्दै उनी युवा र नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने दाबी गर्छन्।

याे पनिपढ्नुहाेस्

निर्वाचन बिथोल्ने अभिव्यक्ति दिँदै आएका दुर्गा प्रसाईँ फेरि पक्राउ

कर्णालीमा रास्वपालाई धक्का : संस्थापक महामन्त्री र कार्यवाहक जिल्ला सभापति कांग्रेस प्रवेश

अघिल्ला चुनावबाट उत्साहित एमाले

२०७९ सालको निर्वाचनमा एमालेका भीम आचार्यले ३२ हजार २४ मत ल्याएर विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामप्रसाद महतोले २६ हजार ६८ मत प्राप्त गरेका थिए। पहिलो पटक चुनाव लडेका राष्ट्रिय स्वतन्त्र पार्टीका लालविक्रम थापाले १९ हजार ३९१ मत ल्याउँदै तेस्रो स्थान हासिल गरेका थिए भने राप्रपाले ४ हजार २६९ मत पाएको थियो।

यसअघि २०७४ सालमा भने नेपाली काँग्रेसका सीताराम महतोले ४१ हजार ४९५ मत ल्याएर जित हात पारेका थिए। एमालेको समर्थनमा उठेका माओवादी केन्द्रका डम्मरु सुवेदीले ३५ हजार ३४९ मत ल्याएका थिए।त्यसभन्दा अघिल्लो निर्वाचनमा एमालेका धर्म निरौलाले यस क्षेत्रबाट जित हात पारेका थिए।

स्थानीय तहमा दह्रो उपस्थिती

सुनसरी क्षेत्र नं. २ अन्तर्गत पाँच पालिका पर्छन्—देवानगञ्ज गाउँपालिका (७ वटै वडा), हरिनगर गाउँपालिका–३, रामधुनी नगरपालिका (१, २, ३, ५, ८, ९), इनरुवा नगरपालिका (१, २, ५, ६, ९, १०) तथा इटहरी उपमहानगरपालिका (१–५ र १६–२०)।

कुल ३० वडा समेटिएको यस क्षेत्रमा करिब १ लाख ५८ हजार मतदाता छन्। इटहरी र रामधुनीमा एमालेको मताधार बलियो रहेको नेताहरूको दाबी छ। इनरुवामा पनि पार्टीको उपस्थिति राम्रो मानिन्छ।

गुट अन्त्य, एकढिक्का एमाले

एमालेको विगतको चुनौती गुटगत असन्तुष्टि मानिँदै आएको थियो। अघिल्लो निर्वाचनमा समेत पार्टीभित्रको असन्तुष्टिका बाबजुद भीम आचार्य विजयी भएका थिए।

यसपटक भने गुटगत विवाद नरहेको र सबै नेता–कार्यकर्ता सुजन लामाको पक्षमा एकजुट भएको दाबी एमाले नेताहरूको छ। टिकट वितरणमा ठूलो विवाद नदेखिएकाले असहयोगको सम्भावना न्यून रहेको उनीहरूको भनाइ छ।

पूर्वमेयर चौधरीको दाबी : “अघिल्लोभन्दा बढी मत आउँछ”

इटहरीका पूर्वमेयर तथा सुनसरीका पूर्व एमाले अध्यक्ष द्वारिकलाल चौधरी चुनावी कमाण्डरको भूमिकामा छन्। भ्रष्टाचारविरोधी छवि बनाएका चौधरी सुजन लामाले अघिल्लो निर्वाचनभन्दा बढी मत ल्याउने दाबी गर्छन्।उनी भन्छन्, “युवा र काम गर्ने उम्मेदवार चाहिएको थियो, पार्टीले त्यही रोजेको हो। यसपटक एमालेले अझै राम्रो मतले जित निकाल्छ।”

सुजनको प्रतिबद्धता : “काम गर्छु, निराश बनाउँदिन”

उम्मेदवार सुजन लामा आफूले पाएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्दै आएको बताउँछन्। मतदाताले अवसर दिएमा क्षेत्रको विकासका एजेन्डा बोकेर प्रभावकारी लबिङ गर्ने उनको प्रतिबद्धता छ।“विद्यार्थीदेखि ज्येष्ठ नागरिकसम्मका भावना बुझेर काम गर्नेछु,” उनी भन्छन्।

अन्य दलको अवस्था

अघिल्लो निर्वाचनमा तेस्रो शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी प्रति यस क्षेत्रमा केही आकर्षण देखिन्छ। प्रदेश महामन्त्री लालविक्रम थापा पुनः उम्मेदवार छन्। यद्यपि पछिल्ला विवाद र कानुनी मुद्दाका कारण उनी दबाबमा रहेको विश्लेषण छ।

नेपाली काँग्रेस पनि यस क्षेत्रको परम्परागत बलियो शक्ति हो। दुई कार्यकाल जिल्ला सभापति भइसकेका एक अनुभवी नेताले उम्मेदवारी दिएका छन्। यद्यपि केही क्षेत्रमा स्वतन्त्र उम्मेदवारको चुनौती र रास्वपातर्फ मत सर्ने सम्भावनाले काँग्रेसलाई दबाबमा राखेको छ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी बाट पूर्व सांसद रामकुमारी चौधरी उम्मेदवार छिन्। अघिल्ला निर्वाचनमा उल्लेख्य मत नआए पनि यसपटक समीकरण बदलिन सक्ने दाबी नेकपा नेताहरूको छ।

इटहरीका केही वडामा सक्रिय श्रम संस्कृति पार्टीबाट चेतन राई उम्मेदवार छन् भने कुलमान घिसिङ अध्यक्ष रहेको उज्यालो नेपालबाट गोपाल तामाङ उम्मेदवार बनेका छन्।

सारमा, विगतको मतगणित, स्थानीय तहमा संगठनको अवस्था र आन्तरिक एकताका आधारमा एमाले उत्साहित देखिए पनि रास्वपा र काँग्रेसको प्रतिस्पर्धाले सुनसरी–२ को चुनावी मैदान रोचक बन्ने संकेत गरेको छ।

सम्बन्धित-समाचार

निर्वाचन बिथोल्ने अभिव्यक्ति दिँदै आएका दुर्गा प्रसाईँ फेरि पक्राउ
समाचार

✍ सूचना पाेर्टल
फाल्गुन १७, २०८२ मा प्रकाशित
0

इटहरी । निर्वाचन बिथोल्ने अभिव्यक्ति दिँदै आएका दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन्। आइतबार बिहान भक्तपुरस्थित घरबाटै उनलाई पक्राउ गरिएको...

कर्णालीमा रास्वपालाई धक्का : संस्थापक महामन्त्री र कार्यवाहक जिल्ला सभापति कांग्रेस प्रवेश
समाचार

कर्णालीमा रास्वपालाई धक्का : संस्थापक महामन्त्री र कार्यवाहक जिल्ला सभापति कांग्रेस प्रवेश

✍ सूचना पाेर्टल
फाल्गुन १७, २०८२ मा प्रकाशित
0

काठमाडाैं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कर्णाली प्रदेश संस्थापक महामन्त्री चन्द्रा विक र सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेत नेपाली...

विमानस्थल बनाउन हर्क साम्पाङले रोक्का राखेको जग्गा अइन्द्रले फुकुवा गरिदिए

विमानस्थल बनाउन हर्क साम्पाङले रोक्का राखेको जग्गा अइन्द्रले फुकुवा गरिदिए

फाल्गुन १६, २०८२ मा प्रकाशित

सर्लाहीमा पतिपत्नी एकै ठाउँमा मृत फेला

फाल्गुन १६, २०८२ मा प्रकाशित
यसपटक टिकट नपाएका रास्वपा कोसी प्रदेश सदस्य ठगेन्द्रले छाडे पार्टी, ओलीले भित्र्याए एमालेमा

यसपटक टिकट नपाएका रास्वपा कोसी प्रदेश सदस्य ठगेन्द्रले छाडे पार्टी, ओलीले भित्र्याए एमालेमा

फाल्गुन १६, २०८२ मा प्रकाशित
बेलिब्रिज भाँचिदा अरुण नदीमा खस्यो निर्माण सामग्री बोकेको ट्रक

Discussion about this post

ताजा समाचार

सुनसरी २ मा सुजनकाे चर्चा : चुनावी कमाण्डर द्वारिकलाल चाैधरी भन्छन “अघिल्लोभन्दा बढी मत ल्याएर जित्छाै”
BANNER

सुनसरी २ मा सुजनकाे चर्चा : चुनावी कमाण्डर द्वारिकलाल चाैधरी भन्छन “अघिल्लोभन्दा बढी मत ल्याएर जित्छाै”

✍ सूचना पाेर्टल
फाल्गुन १७, २०८२ मा प्रकाशित
0

इटहरी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सुनसरी क्षेत्र नं. २ बाट युवा नेता सुजन लामालाई प्रतिनिधि सभा निर्वाचनका लागि...

अरु पढ्नुहाेस्...
छोरी, ज्वाइँ, नातिनी र बुहारीसहित मारिए इरानका सर्वोच्च नेता खामेनी

सर्वोच्च नेता खामेनी मारिएपछि इरानमा ४० दिन राजकीय शोक, ७ दिन सार्वजनिक बिदा

फाल्गुन १७, २०८२ मा प्रकाशित
छोरी, ज्वाइँ, नातिनी र बुहारीसहित मारिए इरानका सर्वोच्च नेता खामेनी

छोरी, ज्वाइँ, नातिनी र बुहारीसहित मारिए इरानका सर्वोच्च नेता खामेनी

फाल्गुन १७, २०८२ मा प्रकाशित
निर्वाचन बिथोल्ने अभिव्यक्ति दिँदै आएका दुर्गा प्रसाईँ फेरि पक्राउ

निर्वाचन बिथोल्ने अभिव्यक्ति दिँदै आएका दुर्गा प्रसाईँ फेरि पक्राउ

फाल्गुन १७, २०८२ मा प्रकाशित
कर्णालीमा रास्वपालाई धक्का : संस्थापक महामन्त्री र कार्यवाहक जिल्ला सभापति कांग्रेस प्रवेश

कर्णालीमा रास्वपालाई धक्का : संस्थापक महामन्त्री र कार्यवाहक जिल्ला सभापति कांग्रेस प्रवेश

फाल्गुन १७, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    126 shares
    Share 50 Tweet 32
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    121 shares
    Share 48 Tweet 30
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    49 shares
    Share 20 Tweet 12
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    49 shares
    Share 20 Tweet 12
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    46 shares
    Share 18 Tweet 12
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    51 shares
    Share 20 Tweet 13

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष