इटहरी । निर्वाचन बिथोल्ने अभिव्यक्ति दिँदै आएका दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन्। आइतबार बिहान भक्तपुरस्थित घरबाटै उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउपछि प्रसाईँलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी प्रकाश प्रकाश जगेबुले प्रसाईँ पक्राउ परेको पुष्टि गरे। ‘पक्राउपछि उहाँलाई प्रहरी परिसर भक्तपुरमा राखिएको छ,’ जबेगुले भने।
उनलाई पक्राउ गर्नुअघि प्रहरीले पक्राउ पुर्जी थमाएको थियो। पक्राउ पुर्जीमा ‘सार्वजनिक शान्ति विरुद्धको मुद्दाको अनुसन्धानका लागि’ भन्ने व्यहोरा उल्लेख छ।‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियान’का अगुवा प्रसाईँले चुनाव विथोल्ने अभिव्यक्ति दिँदै आएका छन्। राजावादी अभियन्ता प्रसाईँ यसअघि पटकपटक पक्राउ र रिहा हुँदै आएका थिए।
पछिल्लोपटक उनी यही फागुन ४ गते पक्राउ परेर सर्वोच्चको आदेशमा १३ गते रिहा भएका थिए। प्रसाईँलाई गैरकानुनी रुपमा हिरासतमा राखिएको दाबी गर्दै उनकी पत्नी उमा प्रसाईँले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले थुनामुक्त गर्न आदेश दिएपछि उनी छुटेका थिए। विवादास्पद मेडिकल व्यवसायी प्रसाईँसँग सरकारले पटकपटक वार्ता गरे पनि उनले आफ्ना माग पूरा नभएको बताउने गरेका छन्।

























Discussion about this post