कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिकास्थित कच्ची घरमा रुख ढल्दा महिलाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खड्क खत्रीले घरमा रुख ढलेर वेदकोट नगरपालिका-३ पेलितालका ५० वर्षीया शारदादेवी महताको मृत्यु भएको जानकारी दिए।
घटनापछि आज बिहान जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक वासु अवस्थी नेतृत्वको टोली खटिएको छ।त्यसैगरी सोही घरमा रहेकी ४० वर्षीया सीता महता घाइते भएको प्रहरीले जनाएको छ।उनको अहिले महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।



























Discussion about this post