लखनउको तेस्रो जित
- चैत्र २५, २०७८ मा प्रकाशित
काठमाडौं: दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराउदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा लखनउ सुपर जायन्ट्सले जित निकालेको छ ।
बिहिवार दिल्लीले दिएको १५० रनको लक्ष्य लखनउले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्याे । लखनउको जितमा क्विन्टन डी ककले सर्वाधिक ८० बनाए । यस्तै कप्तान केएल राहुलले २४ रनको योगदान गरे ।
यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १४९ रनको योगफल तयार पारेकाे थियाे । दिल्लीका पृथ्वी शले सर्वाधिक ६१ रन बनाए । यस्तै ऋषव पन्तले ३९ र सर्फराज खानले ३६ रनको योगदान गरे ।
जितसँगै लखनउले ४ खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा छ । दिल्ली ३ खेलबाट २ अंक जोडेर सातौं स्थानमा छ । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा मंसिर ८, २०८१दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते मेहताको मृत्यु
-
ताजा मंसिर ८, २०८१बराहक्षेत्रकाे सप्तकाेशी किनारमा महिला र पुरूषकाे शव भेटियाे
-
ताजा मंसिर ८, २०८१इटहरीमा धुमधामले मनाइयाे पतञ्जली योग समिति नेपालको १४ औं स्थापना दिवस
-
ताजा मंसिर ८, २०८१सुकुटी बेचेर मासिक दुई लाख कमाउदै लक्ष्मीमार्गका प्रेम श्रेष्ठ
-
ताजा मंसिर ८, २०८१बालिकालाई बन्धक बनाएर यौनकार्यमा लगाएको आरोपमा तीन महिला पक्राउ
Comments