इटहरी । नेपाल प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पुनः पक्राउ गरेको छ । केही समयअघि काठमाडौँको चाल्नाखेल क्षेत्रबाट उनलाई पक्राउ गरिएको हो ।
‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल’ का अध्यक्षसमेत रहेका उनी वीरगन्जको एक कार्यक्रममा सहभागी हुन जाँदै गर्दा बाटोमा रोकेर पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ।
यसअघि, गत माघ ५ गते प्रहरीले पोखराबाट प्रसाईँलाई पक्राउ गरेको थियो र एक दिनपछि हाजिरी जमानीमा रिहा गरिएका थिए । यस पटक स्थानीय प्रशासनको अनुमतिबिना कार्यक्रम गर्न जाँदै गर्दा उनलाई पक्राउ गरिएको हो।
राजावादी अभियन्ता प्रसाईँले हालैका दिनहरूमा निर्वाचन बहिष्कार गर्ने चेतावनी दिँदै आएका छन् । उनका समर्थकहरूले सरकारसँग माघ २ गते सम्झौतासमेत गरेका थिए । सिंहदरबारमा भएको सम्झौतापछि महाअभियानले आफ्नो आन्दोलनको कार्यक्रमहरू तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको थियो ।



























Discussion about this post