
दुई दिने भारत बन्द आह्वान, बैकिङ युनियनको पनि ऐक्यबद्धता
- चैत्र १४, २०७८ मा प्रकाशित
नयाँ दिल्ली: भारतमा आज र भोलि बन्द आह्वान गरिएको छ । केन्द्रीय सरकारको नीतिको विरोधमा केन्द्रीय ट्रेड युनियनको एउटा संयुक्त फोरमले बन्द आयोजना गरेको हो । बन्दलाई अखिल भारतीय बैंक कर्मचारी संघले समर्थन गरेको छ ।
मजदुर, किसान र सर्वसाधारणलाई असर गर्ने सरकारी नीतिहरूको विरोध गर्न केन्द्रीय ट्रेड युनियनहरूको संयुक्त फोरमले देशव्यापी हड्ताल आह्वान गरेको हो ।
बन्दमा सडक, ट्रान्सपोर्ट, बैंकिङ, रेलवे, विद्युत क्षेत्रमा काम गर्ने मजदुरले पनि साथ दिएको बताइएको छ ।
सार्वजनिक क्षेत्रका बैंकहरूलाई निजीकरण गर्ने सरकारको योजना र बैंकिङ कानून संशोधन विधेयक २०२१ को विरोधमा उत्रिएका बैकिङ युनियनहरु पनि हड्तालमा सहभागी छन् । भारतीय स्टेट बैंकलगायत धेरै बैंकहरूले सोमबार र मंगलबार बैंकिङ सेवाहरू प्रभावित हुनसक्ने ग्राहकहरूलाई जानकारी गराउँदै विज्ञप्ति जारी गरेका छन् ।
बैंकबाहेक हडतालमा स्टिल, तेल, दूरसञ्चार, कोइला, हुलाक, आयकर, तामा, बीमालगायतका अन्य क्षेत्रका श्रमिक सहभागी हुने अनुमान गरिएको छ । बन्दमा २० करोड मजदुरको एक्यबद्धता छ ।
रेलवे र रक्षा क्षेत्रका युनियनहरूले सयाैँ स्थानहरूमा हडतालको समर्थनमा ठूलो ह्याली निकाल्ने अनुमान गरिएको छ ।
सडक, यातायात मजदुर र विद्युत् मजदुर आन्दोलनमा सहभागी हुने निर्णय गरेका छन् ।
ऊर्जा मन्त्रालयले आज सबै राज्य सञ्चालित संस्थाहरु तथा अन्य निकायहरूलाई उच्च सतर्कतामा रहन र चौबीसै घण्टा विद्युत आपूर्ति र राष्ट्रिय ग्रिडको स्थिरता सुनिश्चित गर्न सुझाव दिएको छ ।
अस्पताल, रक्षा, र रेलवे जस्ता अत्यावश्यक सेवाहरूमा संलग्नहरूलाई बिजुली आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले एउटा एडभाइजरीमा भनेको छ ।
पश्चिम बंगाल सरकारले भारत बन्दको बावजुद सबै राज्य सरकारी कार्यालयहरू खुला रहने भन्दै सोमबार र मंगलबार कर्मचारीहरूलाई ड्युटीमा उपस्थित हुन अनिवार्य गरेको छ । -एजेन्सी

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments