इटहरी । नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गर्ने भएको छ। सभापति थापालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर चुनावमा होमिने निर्णय गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो ।
पार्टी कार्यालयका सचिव प्रकाश शर्माले सूचना निकालेर माघ ९ गते शुक्रबार (भोलि) दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक बस्ने जानकारी गराएका छन् । बैठकमा विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति र प्रदेश कार्यसमिति सभापतिहरूलाई पनि बोलाइएको छ । आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावका लागि सभापति थापाले सर्लाही-४ मा उम्मेदवारी दर्ता गराएका छन्।
गत पुस ३० गते विशेष महाविधेशनले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति विघटन गरी थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो। सभापति थापासहित पदाधिकारीहरूले पदभार ग्रहण गर्ने कार्यक्रम पनि छ। त्यसपछि उक्त कार्यसमितिको केन्द्रीय कार्यालयमा पहिलो बैठक भोलि बस्दैछ। यसअघि केन्द्रीय समिति कुपन्डोल र नयाँ बानेश्वरमा बसेको थियो। कांग्रेसले १० गते चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ।



























Discussion about this post