इटहरी । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपामा सुरक्षा बढाइएको छ। यसअघि शेरबहादुर देउवा पक्षले तरुण दस्ता खटाएर नियन्त्रणमा राखेको कार्यालयमा अहिले प्रहरी सुरक्षा बढाइएको हो। शुक्रबार साँझदेखि पार्टी कार्यालयमा कांग्रेस कार्यकर्ता छैनन्। यसअघि गए राति पनि देउवा पक्षका कार्यकर्ता बास बसेका थिए।
तर निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता गगन थापा नेतृत्वको कार्यसमितिलाई दिएपछि प्रहरीले पार्टी कार्यालयमा सुरक्षा बढाउँदै कार्यकर्ता खालि गराएको हो।‘अब जसले आधिकारिकता पायो, उसैको हुने होला कार्यालय। हामीले त्यही अनुसार सहजीकरण गर्ने हो। सुरक्षाको वातावरण बनाउने हो। अरु राजनीतिक विषयमा हामीलाई मतलब हुने कुरा भएन’, उच्च सुरक्षा स्रोतले भन्यो।
भृकुटीमण्डपमा पुस २७ देखि ३० गतेसम्म चलेको विशेष महाधिवेशनले गगन थापालाई सभापतिमा सर्वसम्मत निर्वाचित गरेको थियो।उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल निर्वाचित भएका छन्। महामन्त्रीमा प्रदीप पौडेल र गुरु घिमिरे निर्वाचित छन्। तर यो नयाँ समिति निर्वाचित भए पनि पार्टी कार्यालय जान सकेको थिएन। केन्द्रीय समितिको पहिलो बैठक कुपण्डोलको होटलमा बसेको थियो। तर अब गगन थापा नेतृत्वको टिमलाई पार्टी कार्यालय जान खुला भएको हो।

























Discussion about this post