इटहरी । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीलाई एकताबद्ध बनाउन विशेष महाधिवेशनको विपक्षमा उभिएका नेता कार्यकर्ताको योगदान चाहिने बताएका छन्। निर्वाचन आयोगबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेसले मान्यता पाएपछि उपसभापति शर्माले फेसबुकमार्फत यस्तो बताएका हुन्।
‘विशेष महाधिवेशनको विपक्षमा भएका जिल्ला र प्रदेशका सभापतिहरुले पार्टी एकताबद्ध बनाउन केन्द्रमा रहेका नेताहरुमाथि हस्तक्षेप बढाउनुपर्छ । केही साथीहरुले पहिले नै हस्तक्षेप गरिसक्नुभयो । अब तपाईहरु लाग्नुपर्छ । पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्छ,’ उनले भने।
शुक्रबार विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वले आधिकारिकता पाएपछि शर्माको यस्तो अभिव्यक्ति आएको हो।निर्वाचन आयोगको उक्त निर्णयलाई सभापति शेरबहादुर देउवाले भने ‘षडयन्त्रपूर्ण’ भन्दै अस्वीकार गरेको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आयोगविरुद्ध कानुनी लडाइँमा जाने बताएका छन्।


























Discussion about this post