[t4b-ticker]
Thursday, March 12, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    कोशी प्रदेशमा रास्वपाको स्थिति: उम्मेदवार चिन्दैनन् मतदाता, विजय उत्सवमा बालेनको खोजी

    सेयरबजारमा ‘करेक्सन’, ४ अर्ब ७७ करोडको कारोबार

    २४ अंकले बढेपछि सेयरबजारमा साढे १४ अर्ब नाघ्यो कारोबार रकम

    इनिशा विक प्रकरण: बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको खुलासा

    उदयपुर २ बाट निर्वाचित रास्वपा सांसद तामाङ कालो सूचीमा

    १७ वर्षीया प्रेमिकाको हत्या आरोपमा ४५ वर्षीय प्रेमी पक्राउ

    ग्रीस पठाइदिने भन्दै २५ लाख ठगेको आरोपमा पथरी शनिश्चरेका सम्योग राई पक्राउ

    रास्वपाबाट यी ४८ जना महिला बन्दैछन् समानुपातिक सांसद

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

सुदन गुरुङलाई ‘सुरक्षा चुनौती’ : एकपछि अर्को आक्रमक अभिव्यक्तिले चर्चाको केन्द्रमा छन् सुदन

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
अशोज १, २०८२ मा प्रकाशित
✅ समाचार
सुदन गुरुङलाई ‘सुरक्षा चुनौती’ : एकपछि अर्को आक्रमक अभिव्यक्तिले चर्चाको केन्द्रमा छन् सुदन
20
SHARES
Share on FacebookShare on Twitter

इटहरी । जेनजी आन्दोलनको सहजीकरण गरीरहेका ‘हामी नेपाल’ का अध्यक्षसमेत रहेका जेन-जी अभियन्ता सुदन गुरुङलाई सुरक्षा चुनौती बढेको छ । सरकार निर्माण र आन्दोलनमा प्रत्यक्ष सहभागी भएका गुरुङ पछिल्लो एक साता एकपछि अर्को आक्रमणमा परेका छन् ।

गुरुङले शनिबार पनि आफूमाथि आक्रमण प्रयास भएको दाबी गरेका छन् । गुरुङले बुधबार रानीबारीदेखि बानेश्वरसम्म पल्सर बाइकमा रहेको एउटा समूहले लेखेटेको दाबी गरेका हुन् । गुरुङले आफूलाई कसैले लखेटेको दाबी गरेका छन् । इन्स्टाग्रममा एक भिडियो पोस्ट गर्दै उनले मोटरसाइकल र गाडीले फलो गरेको बताएका हुन् ।

याे पनिपढ्नुहाेस्

कोशी प्रदेशमा रास्वपाको स्थिति: उम्मेदवार चिन्दैनन् मतदाता, विजय उत्सवमा बालेनको खोजी

२४ अंकले बढेपछि सेयरबजारमा साढे १४ अर्ब नाघ्यो कारोबार रकम

उनले भनेका छन्, ‘अघि पल्सर थियो । गाडी थ्यो बीचबीचमा । मलाई केही भयो भने तिमीहरु अघि बढ्नुपर्छ है केटाकेटी हो । झोलेहरुले प्रपोगण्डा गरिरहेको छ तिमीहरुले फाइट गर्नु पर्दैन रु लड्नु पनि आफैं छ । गाली पनि खानु छ । सबै चुप लागेर बस्छन् । मजा आएन । यो मान्छेहरु सुध्रिन्छ जस्तो लागेन । इट्स टाइम टु राइज । सबै जना उठेर फुल्ली युनाइटेड ग्रुप हुनुपर्यो । सबै जेन्जीहरु युनिफाइड हुनुपर्यो र उनीहरु हामीलाई विभाजन गरेर राज गर्न चाहन्छन् । हामीले यो हुन दिनु हुँदैन ।’

गुरुङले एक घन्टा आफूहरुलाई फलो गरिएको बताए । भने, ‘हामी त्यहाँबाट एयरपोर्ट छिर्‍यौँ। आर्मी ब्यारेकमा पुगेर आर्मीका जगत सरलाई, आईजी सरलाई फोन गर्‍यौँ। सेक्युरिटी आयो अनि केहीबेरपछि निस्कियौँ। हामीलाई करिब १ घन्टा फलो गरेको थियो।’

नेपाल प्रहरीका एक उच्च अधिकारीका अनुसार उनीमाथि सुरक्षा चुनौती रहेको बताए । ‘शनिबारको घटना के भएको हो ? त्यसको बारेमा वृस्तीत थाहा छैन, तर अहिले उहाँमाथि सुरक्षा चुनौती छ,’ ती अधिकारीले भने ।

हामी नेपालको कार्यालयबाट निस्केर आफ्नो काममा जाँदै गर्दा गुरुङमाथि मोटरसाइकल र कारमा आएको समूहले पछ्याएर आक्रमण गर्न खोजेको जेन–जी समूहका सदस्य रोनिश प्रधानले बताए। ‘हामी अरूको सहयोगका लागि हिँडिरहेका थियौँ, हामीमाथि नै अट्याक गर्ने कोसिस भयो। साइबर अट्याक मात्र होइन, भौतिक आक्रमणको प्रयास भयो। हामीलाई सुरक्षा चाहियो,’ प्रधानले भने।

शंका महेश बस्नेतमाथि
गुरुङले एक सञ्चार माध्यमसँग अन्तरर्वार्ता दिदै एमाले नेता महेश बस्नेत र उनको समूहमाथि शंका भएको बताए । उनले भने, ‘खै महेश बस्नेत अंकल खुब उफ्रिरहेको छ । किन हो कुन्नि ? मलाई उसले (महेश बस्नेत) ले ओपन च्यालेन्ज नै गरेको रैछ । सायद त्यही अंकल नै होला ।’

गुरुङ अन्तरिम सरकार निर्माणका बेलामा राष्ट्रपति कार्यालयमा भएको छलफलमा समेत सहभागी थिए । प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएपछि उनी शपथ ग्रहण समारोहमा देखिएका थिए ।

गुरुङले आगामी निर्वाचनमा परम्परागत दलका नेतालाई घरबाट निस्कनै नदिने बताएका थिए । रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूले नेताहरूलाई घरबाट निस्कनै नदिने बताएका हुन् । सञ्चारकर्मीले उनलाई सोधेका थिए,‘आ्न्दोलनले के उपलब्धि दियो ? ६ महिनापछि तिनै दल आउँछन् । ?

जवाफमा गुरुङले भनेका थिए, ‘हामी फेरि आन्दोलन गर्छौं । आउनै दिँदैनौँ । घरबाट बाहिर निस्कनै दिँदैनौँ । म निस्कन दिन्नँ ।’ उनले निकै आक्रोशित भएर जवाफ दिएपछि केही सञ्चारकर्मी, आफूलाई आन्दोलनका घाइते तथा मृतकको आफन्त बताउने व्यक्ति र अभियन्ताबीच विवाद भएको थियो । त्यसपछि पत्रकार सम्मेलन नै भाँडिएको थियो ।

उनले सेनाका उच्च अधिकारीसँग गरेको फोन कल पनि विवादमा छ उक्त कलमा सुदन एकदमै आक्रोशित देखिन्छन् । सेनासँग भन्दै गरिएको उक्त फोन कलमा उनले भनेका छन्, ‘दशरएघार बजेसम्म डिसिजन आएन भने हामी राष्ट्रपति कार्यालय घेर्छौँ । अस्ति हामीले छोडिदिएका छौँ । राष्ट्रपतिलाई छोएका छैनौँ ।’

सुशीला कार्कीलाई आफूहरूले प्रधानमन्त्री प्रस्ताव गरिसकेको बताउँदै उनी थप्छन्, ‘हामी गोली खान तयार छौँ । म सिरियस छु । अब पनि डिसिजन आएन भने रामचन्द्र पौडेललाई थुत्ने काममा मेरो पहिलो हात हुन्छ है दाइ ।’

उनले भदौ २३ को आन्दोलन अगाडि नै आन्दोलनमा आउन अपिल गरेका थिए । सुदन गुरुङ र हामी नेपालको इन्स्टाग्राम ह्यान्डलबाट उनले भनेका थिए, ‘८ सेप्टेम्बरमा प्रदर्शन हुने कुरा सबैलाई थाहा छ । माइतीघर मण्डलामा हुँदैछ । भ्रष्टाचार विरुद्ध, सामाजिक सञ्जाल बन्द विरुद्ध र सुशासनको लागि आन्दोलन हुँदै छ । त्यसैले मेरो अनुरोध छ, सबैजना आइदिनु होला ।’

सम्बन्धित-समाचार

कोशी प्रदेशमा रास्वपाको स्थिति: उम्मेदवार चिन्दैनन् मतदाता, विजय उत्सवमा बालेनको खोजी
BANNER

✍ सूचना पाेर्टल
फाल्गुन २८, २०८२ मा प्रकाशित
0

इटहरी । कोशी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारभन्दा पार्टी र प्रभावशाली नेताहरूकाे लोकप्रियता बढी देखिएको छ। काेशी प्रदेशकाे बिभिन्न...

सेयरबजारमा ‘करेक्सन’, ४ अर्ब ७७ करोडको कारोबार
समाचार

२४ अंकले बढेपछि सेयरबजारमा साढे १४ अर्ब नाघ्यो कारोबार रकम

✍ सूचना पाेर्टल
फाल्गुन २८, २०८२ मा प्रकाशित
0

इटहरी ।  सेयरबजार २३.८७ अंकले बढेर २८२०.४४ विन्दुमा पुगेको छ। सूचक बढेको दिन बजारमा साढे १४ अर्बको कारोबार भएको नेपाल...

इनिशा विक प्रकरण: बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको खुलासा

इनिशा विक प्रकरण: बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको खुलासा

फाल्गुन २८, २०८२ मा प्रकाशित
उदयपुर २ बाट निर्वाचित रास्वपा सांसद तामाङ कालो सूचीमा

उदयपुर २ बाट निर्वाचित रास्वपा सांसद तामाङ कालो सूचीमा

फाल्गुन २८, २०८२ मा प्रकाशित
१७ वर्षीया प्रेमिकाको हत्या आरोपमा ४५ वर्षीय प्रेमी पक्राउ

ग्रीस पठाइदिने भन्दै २५ लाख ठगेको आरोपमा पथरी शनिश्चरेका सम्योग राई पक्राउ

फाल्गुन २८, २०८२ मा प्रकाशित
रास्वपाबाट यी ४८ जना महिला बन्दैछन् समानुपातिक सांसद

रास्वपाबाट यी ४८ जना महिला बन्दैछन् समानुपातिक सांसद

फाल्गुन २८, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

कोशी प्रदेशमा रास्वपाको स्थिति: उम्मेदवार चिन्दैनन् मतदाता, विजय उत्सवमा बालेनको खोजी
BANNER

कोशी प्रदेशमा रास्वपाको स्थिति: उम्मेदवार चिन्दैनन् मतदाता, विजय उत्सवमा बालेनको खोजी

✍ सूचना पाेर्टल
फाल्गुन २८, २०८२ मा प्रकाशित
0

इटहरी । कोशी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारभन्दा पार्टी र प्रभावशाली नेताहरूकाे लोकप्रियता बढी देखिएको छ। काेशी प्रदेशकाे बिभिन्न...

अरु पढ्नुहाेस्...
काेशी प्रदेश : कांग्रेसलाई समानुपातिकमा पनि पत्याएनन् जनताले , २८ क्षेत्र मध्ये कांग्रेस चारमै सीमित, प्रत्यक्ष मत ३.६ लाख

काेशी प्रदेश : कांग्रेसलाई समानुपातिकमा पनि पत्याएनन् जनताले , २८ क्षेत्र मध्ये कांग्रेस चारमै सीमित, प्रत्यक्ष मत ३.६ लाख

फाल्गुन २८, २०८२ मा प्रकाशित
सेयरबजारमा ‘करेक्सन’, ४ अर्ब ७७ करोडको कारोबार

२४ अंकले बढेपछि सेयरबजारमा साढे १४ अर्ब नाघ्यो कारोबार रकम

फाल्गुन २८, २०८२ मा प्रकाशित
इनिशा विक प्रकरण: बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको खुलासा

इनिशा विक प्रकरण: बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको खुलासा

फाल्गुन २८, २०८२ मा प्रकाशित
स्थानीय आन्दोलनबाट माथि उठेका हर्क: जेन्जी आन्दोलनमा शहर जोगाए : सडक आन्दोलन गरेर मेयर जिते

कोशी प्रदेश : आफ्नै गढमा कांग्रेस, एमाले पछारिँदा हर्ककाे श्रम संस्कृति बन्यो दोस्रो ठूलो दल

फाल्गुन २८, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    213 shares
    Share 85 Tweet 53
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    208 shares
    Share 83 Tweet 52
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    54 shares
    Share 22 Tweet 14
  • ओखलढुंगामा नतिजा सुनाइसकेपछि प्रत्यक्षतर्फ हराएकाे मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटियाे , कानुनी उपचारमा जाने कांग्रेस उम्मेद्वारकाे तयारी

    33 shares
    Share 13 Tweet 8
  • सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

    32 shares
    Share 13 Tweet 8
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    51 shares
    Share 20 Tweet 13

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष