इटहरी डेस्क । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक एवं संरक्षक रेशम चौधरीले पार्टी छोडेका छन् ।सामाजिक सञ्जालमार्फत उनले आफूले पार्टी छोडेको घोषणा गरेका हुन् । उनले नयाँ पार्टी घोषणा गरेका छन् । नागरिक उन्मुक्ति पार्टी, नेपाल घोषणा गरेका हुन् ।
टीकापुर घटनापछि भूमिगत रुपमा भारी मतले चुनाव जितेका रेशमले पछि आफैं संरक्षण भएर पार्टी खोलेका थिए ।पछिल्लो समय विभिन्न राजनीतिक मुद्दाहरुमा श्रीमतीसमेत रहेकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसँग उनको विवाद बढिरहेको थियो । श्रेष्ठ र चौधरीको समूह फरक-फरक थियो । चौधरीले आफैंले स्थापना गरेको पार्टीमा अटाउन नसकेपछि छोडेको बताएका छन् ।

























Discussion about this post