•  ३ आश्विन २०८१, बिहीबार
  •  9:54:24 PM

आज प्रदेश १, मधेस, बागमती र गण्डकीमा वर्षाकाे सम्भावना, रातिबाट माैसममा सुधार हुने

- माघ २२, २०७८ मा प्रकाशित



काठमाडाैं: देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षाकाे सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । अरु प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा पनि हल्का वर्षा हुनेछ । 

पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे महाशाखाकाे प्रक्षेपण छ ।

राती देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । 

आइतबार देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ आँकलन गरिएकाे छ । -न्युज कारखाना  

Comments

सम्बन्धित खवर