इटहरी । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ।यसअघि अनिश्चितकालका लागि बन्द भएको विमानस्थल पुनः खुलेको हो।‘विषम परिस्थितिका कारण भदौ २४ देखि बन्द हवाइ उडानलाई आज मिति भदौ २५ मा बसेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा समिति बैठकको निर्णयानुसार पुनः सुचारु गर्ने निर्णय भएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ।’
हवाइ उडानका लागि विमानस्थल आवागमन गर्ने यात्रुले आआफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिई विमानस्थलमा आउजाउ गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले सूचनामा भनेको छ। यसरी आवतजावत गर्दा आधिकारिक हवाइ टिकट र परिचय खुल्ने कागजात साथमा बोक्न पनि प्राधिकरणको विमानस्थल कार्यालयले सूचनामा भनेको छ।
यस्तो छ समितिले गरेको निर्णय
मिति २०८२/०५/२५ गते १५:०० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रवन्धक हंशराज पाण्डेको कार्यकक्षमा बसेको बैठकले गरेको निर्णयहरु:-
१.तत्कालका लागि NOTAM Cancel गर्ने।
२. बन्द रहेको विमानस्थल मिति २०८२/०५/२५ गते १५:१० बजेबाट सुचारु गर्ने।
३. विमानस्थल सूचारु गर्न आवश्यक पर्ने कर्मचारीहरुको व्यवस्थापन सम्बन्धित निकायहरुले गर्ने।
४.विमानस्थल आवत जावत गर्ने पर्यटक तथा यात्रुहरुलाई परिचय खुल्ने Document र हवाइ टिकट लिएर आउन Circular गर्ने।विमानस्थलमा कार्यरत विभिन्न निकायका कर्मचारीहरुलाई पास र परिचय पत्रको आधारमा प्रवेश दिन विमानस्थल द्वारमा परिचालित नेपाली सेनालाई सर्कुलर गर्ने।
५ सवैमा विमानस्थल सुचारु भएको जानकारीको लागी सूचना प्रकाशन गर्ने।


























Discussion about this post