•  ३ आश्विन २०८१, बिहीबार
  •  10:59:12 PM

जन्ती लिएर फर्कँदै गरेकाे जीप दुर्घटना, ६ को मृत्यु

- माघ २२, २०७८ मा प्रकाशित



बेहुली लिएर फर्कँदै गरेकाे जन्ती जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । प्युठानको नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप शनिबार बिहान ३ बजे खोल्सामा खसेको थियाे । जिल्ला प्रहरी कार्यालयका प्रमुख सत्यनारायण थापाका अनुसार दुर्घटनामा ६ जनाकाे ज्यान गएकाे छ । मृतक पहिचान खुल्न सकेकाे छैन । बेहुलासहित सात जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार ल्याइएको थापाले बताए ।

Comments

सम्बन्धित खवर