[t4b-ticker]
Tuesday, March 10, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

    बहुमत जुटाएकाे रास्वपालाई दुईतिहाइका लागि पुगेन १ सिट

    एडीबीले नेपाललाई स्वीकृत गर्‍यो पौने ६ अर्ब सहुलियत ऋण

    समानुपातिकतर्फ १५२ क्षेत्रको मत गणना सकियो, १३ क्षेत्रको गणना जारी

    संखुवासभा र धनुषा १ बाहेक सबैको नतिजा, प्रत्यक्षमा एमालेभन्दा कांग्रेस दोब्बर ठूलो

    १३२ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक: रास्वपाले जित्यो १०४ सिट, अरूले कति?

    श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ ल्यायो अढाई लाख मत, अहिलेसम्म कुन दलको भोट कति?

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

बुबाको मुख हेर्ने दिन : दाताको पर्खाइमा आश्रमका ‘बा’ हरू

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
भदौ ७, २०८२ मा प्रकाशित
✅ समाचार
बुबाको मुख हेर्ने दिन : दाताको पर्खाइमा आश्रमका ‘बा’ हरू
19
SHARES
Share on FacebookShare on Twitter

चितवन ।  ‘पितृदेवो भवः’अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर कुसे औँसीका दिन बाबुको मुख हेर्ने पर्व आज देशभर मनाइन्छ । बाबुप्रति आदर सम्मानका साथ मीठो खाना र राम्रो लगाउन दिने परम्परा रहेको छ । त्यसो त बाबु गुमाएकाहरूले भने धार्मिक तीर्थस्थलमा गई तर्पण, सिदा दान र श्राद्ध गर्ने परम्परा छ ।

पवित्र तीर्थस्थल देवघाट धाममा रहेका वृद्धाश्रमका ‘बा’हरू भने दाता पर्खेर बसेका छन् । जीवनको उत्तरार्धमा पुगेका बा र आमाहरू प्रायः परिवारबाट हेलत्तिएर यहाँ आएका छन् । कतिपय आफ्नो साहारा कोही नभए पनि आश्रय लिन यहाँ आइपुगेका छन् । जहाँ हरेक वर्षमा आउने आमा खुवाउने दिन (माता तीर्थ औँसी) र कुशे औँसी अर्थात् बाबुको मुख हेर्ने दिन त्यहाँ बस्ने वृद्ध बा र आमाहरू भने कोही दाता आएर बा आमाको सम्मान देला भनेर पर्खिरहेका छन् ।

याे पनिपढ्नुहाेस्

सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

बहुमत जुटाएकाे रास्वपालाई दुईतिहाइका लागि पुगेन १ सिट

देवघाट गाउँपालिका–५ मा रहेको देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा रहेका बाहरूको अवस्था अझै दयानीय छ । नुवाकोटबाट आएर बसेका ७५ वर्षीय कृष्णप्रसाद भट्ट आफन्त भए पनि चाडपर्वमा नसम्झँदा मन अमिलो भएर आउने गरेको बताउँछन् । औँसीको दिन भएका दुई भाइ छोराले समेत सम्पर्क नगर्दा आफन्त भन्ने रहेनछन् भन्ने भान भएको उनले बताए ।

श्रीमतीको निधनपछि छोराहरूलाई आफ्नो खुट्टामा उभिने बनाएर छाडेका भट्ट छोराहरूको सम्झनामा निकै निरास बन्ने गर्छन् । उनले भने, ‘वृद्धावस्थामा निकै समस्या हुँदोरहेछ, छोराहरूको साहरा चाहिने समयमा उनीहरूनै सम्पर्कमा छैनन् कसरी साहारा पाउनु ।’ अहिले त भगवान्को भरोसामा जीवनलाई छाडेको उनको भनाइ छ । उनले थपे, ‘अहिले त जो सम्झेर आउँछन् तीनै छोराछोरी हुन् ।’ अहिले आश्रममा आएर जस्ले बा भन्छ र मीठो खान दिन्छ तीनै छोराछोरी हु जस्तो लाग्ने गरेको उनले बताए । उनी विगत आठ वर्षदेखि यही आश्रममा आश्रय लिएर बस्दै आएका छन् ।

दुई पटकसम्म वैवाहिक सम्बन्धमा बाँधिएर पनि श्रीमती र छोरा/छोरी नभएपछि निकै उदास भएर आश्रममा दिन काट्दै आएका छन् । भरतपुर महानगरपालिका–६ गीतानगरका ८६ वर्षीय शमशेरबहादुर विश्वकर्मा । उनको वैवाहिक जीवन सफल हुन नसकेपछि उनी आश्रममा आएर बस्न थालेका हुन् । जन्मिएका छोराछोरीहरू नबचेपछि श्रीमतीले पनि उनलाई छाडेर गए । एक्लो जीवन बिताउनका लागि आश्रममा आएका विश्वकर्मा अहिले आश्रममा आउने जति सबैलाई छोराछोरीको रूपमा लिंदै आएका छन् । ‘आफ्ना त छैनन् । जो आउँछ त्यसैलाई छोराछोरीको रूपमा लिनुपर्ने बाध्यता छ’, उनले सुनाए, ‘बाबुको मुख हेर्ने दिन जो आउँछ त्यो नै आफ्नो छोराछोरीजस्ता लाग्छ उहाँले सुनाउनुभयो । बा खुवाउने दिन भन्छन् आफ्नो त कोही छैन जसले दिन्छ त्यही छोराछोरी हुन् ।’

बागलुङबाट आएर देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा बस्दै आएका ७७ वर्षीय मणिरत्न पौडेल अविवाहित छन् । उनका भाइ र बहिनी बागलुङमा नै छन् । आफूलाई विवाह गर्न मन नलागे पनि वृद्धावस्थामा कोही आइदिएहुन्थ्यो भन्ने आभास हुने गरेको उनले सुनाए । परिवारका सदस्य नहुँदा चिन्ता नभए पनि अहिले कसैले बा भनेर बोलायो भने पनि मन फुलेर आउने गरेको सुनाउँदै उनले भने, ‘जसले आफूलाई बा भन्छ त्यसको दुःख जति मलाइनै परोस् भनेर भन्ने गरेको छु । सबै आफ्नै हुन् । जसले बा भन्छन् सबै सन्तान आफ्नै हुन् ।’

देवघाट क्षेत्र विकास समितिको क्षेत्राधिकारभित्र तीन वटा आश्रममा ८० जना वृद्धवृद्धा रहेका छन् । यस क्षेत्रमा रहेको कल्पबासमा ३० जना कल्पबासी र १० वटा आश्रममा आश्रित वृद्धवृद्धाहरूको हरेक वर्ष आउने चाडपर्व यस्तै हुने गरेको छ । क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा अहिले ३५ जना वृद्धवृद्धा रहेका छन् । जसमा १७ जना वृद्ध र १८ जना वृद्धा रहेका छन् । उनीहरूको व्यवस्थापनमा दाताहरूको भर पर्नुपरेको उनले बताए ।

सुरुआती समयमा समाज कल्याण कार्यालयबाट केही बजेट आए पनि अहिले बजेट नहुँदा भवन मर्मतदेखि आश्रितहरूको दैनिकीमा समेत दाताको भर पर्नुपरेको उनको भनाइ छ । उनले भने, ‘जन्मोत्सव, वैवाहिक उत्सव, पितृकार्यलगायतमा सहयोग गर्ने दाताको भरमा अहिले दैनिकी चलाउनुपरेको छ ।’ सरकारी कुनै पनि निकायबाट बजेट प्राप्त नहुँदा अहिले दाता खोज्नुपर्ने अवस्था आएको उनले बताए ।

क्षेत्र विकास समितिका अध्यक्ष डा ईश्वरीराज लौडारीले असहाय वृद्धवृद्धाको बसोबास, खानपानी र उपचारको व्यवस्था गरिएको भए पनि बजेट पर्याप्त हुन नसकेको बताए । दाताहरूको सहयोगमा भए पनि यहाँ रहेका वृद्धवृद्धाको उचित व्यवस्थापन गर्न सकिएको भन्दै उनले कुनै कमीकमजोरी नहोस् भन्ने गरी काम गरिएको बताए । उनले भने, ‘समस्याका बीच पनि वृद्धवृद्धाहरूको स्वभावअनुसार सेवा दिएका छौँ । यसलाई निरन्तर राख्न सक्नुपर्छ ।’

सम्बन्धित-समाचार

सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत
BANNER

✍ सूचना पाेर्टल
फाल्गुन २६, २०८२ मा प्रकाशित
0

इटहरी । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सुनसरी–२ मा प्रतिस्पर्धा गरेका अधिकांश उम्मेदवारको जमानत जफत भएको छ।कुल ९५ हजार ५४१ सदर मत परेको...

बहुमत जुटाएकाे रास्वपालाई दुईतिहाइका लागि पुगेन १ सिट
समाचार

इटहरी । प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फका सबै निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको...

एडीबीले नेपाललाई स्वीकृत गर्‍यो पौने ६ अर्ब सहुलियत ऋण

एडीबीले नेपाललाई स्वीकृत गर्‍यो पौने ६ अर्ब सहुलियत ऋण

फाल्गुन २६, २०८२ मा प्रकाशित
समानुपातिकतर्फ १५२ क्षेत्रको मत गणना सकियो, १३ क्षेत्रको गणना जारी

समानुपातिकतर्फ १५२ क्षेत्रको मत गणना सकियो, १३ क्षेत्रको गणना जारी

फाल्गुन २६, २०८२ मा प्रकाशित
संखुवासभा र धनुषा १ बाहेक सबैको नतिजा, प्रत्यक्षमा एमालेभन्दा कांग्रेस दोब्बर ठूलो

संखुवासभा र धनुषा १ बाहेक सबैको नतिजा, प्रत्यक्षमा एमालेभन्दा कांग्रेस दोब्बर ठूलो

फाल्गुन २५, २०८२ मा प्रकाशित
१३२ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक: रास्वपाले जित्यो १०४ सिट, अरूले कति?

श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ ल्यायो अढाई लाख मत, अहिलेसम्म कुन दलको भोट कति?

फाल्गुन २५, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत
BANNER

सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

✍ सूचना पाेर्टल
फाल्गुन २६, २०८२ मा प्रकाशित
0

इटहरी । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सुनसरी–२ मा प्रतिस्पर्धा गरेका अधिकांश उम्मेदवारको जमानत जफत भएको छ।कुल ९५ हजार ५४१ सदर मत परेको...

अरु पढ्नुहाेस्...
बहुमत जुटाएकाे रास्वपालाई दुईतिहाइका लागि पुगेन १ सिट

बहुमत जुटाएकाे रास्वपालाई दुईतिहाइका लागि पुगेन १ सिट

फाल्गुन २६, २०८२ मा प्रकाशित
समानुपातिकतर्फ १५२ क्षेत्रको मत गणना सकियो, १३ क्षेत्रको गणना जारी

सुनसरीमा ९८ जना उम्मेद्वारकाे जमानत जफत , काेशी प्रदेशमा ९६ जनाले मात्रै जाेगाए जमानत

फाल्गुन २६, २०८२ मा प्रकाशित
एडीबीले नेपाललाई स्वीकृत गर्‍यो पौने ६ अर्ब सहुलियत ऋण

एडीबीले नेपाललाई स्वीकृत गर्‍यो पौने ६ अर्ब सहुलियत ऋण

फाल्गुन २६, २०८२ मा प्रकाशित
बाेलीकाे पक्का जगतबहादुर : ओली हारेपछि  छाडे इलाम

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    200 shares
    Share 80 Tweet 50
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    195 shares
    Share 78 Tweet 49
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    54 shares
    Share 22 Tweet 14
  • ओखलढुंगामा नतिजा सुनाइसकेपछि प्रत्यक्षतर्फ हराएकाे मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटियाे , कानुनी उपचारमा जाने कांग्रेस उम्मेद्वारकाे तयारी

    33 shares
    Share 13 Tweet 8
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    50 shares
    Share 20 Tweet 13
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    53 shares
    Share 21 Tweet 13

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष