•  २० कार्तिक २०८१, मंगलवार
  •  11:29:42 AM

संखुवासभामा ‘ड्युटी’ बाट फर्किने क्रममा लडेका हवल्दारको मृत्यु

- कार्तिक १९, २०८१ मा प्रकाशित



संखुवासभा । संखुवासभामा ड्युटी सकेर फर्किने क्रममा लडेका एक प्रहरी हवल्दारको मृत्यु भएको छ । असोज २९ गते खाँदबारी नगरपालिका–१ बसपार्कमा ड्युटी सकेर कार्यालयमा सञ्चार सेट बुझाएर फर्किने क्रममा लडेर घाइते उनको उपचारको क्रममा मृत्यु भएको हो ।

उनी कार्यालय भवनको पहिलो तलाको भर्‍याङबाट अचानक लडेर घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार उनलाई उपचारका लागि नोबेल मेडिकल कलेज टिचिङ विराटनगरमा लगिएको थियो । कात्तिक १७ गते थप उपचारको लागि नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा लैजाने क्रममा बाटोमै मृत्यु भएको कार्यालयले जनाएको छ ।

Comments

सम्बन्धित खवर