माछा मार्न गएका दुई युवक राप्ती नदीमा बेपत्ता
- भाद्र २२, २०८१ मा प्रकाशित
चितवन । चितवनको मेघौलीका दुई जना राप्ती नदीले बगाएर बेपत्ता भएका छन् । शुक्रवार अपरान्ह तीन जना नदीमा माछा मार्न गएका थिए । उनीहरुमध्ये एक जना भेटिएका छन् । भरतपुर महानगरपालिका –२५ का ४३ वर्षीय सञ्जिव चौधरी, वडा नम्बर २७ का ४५ वर्षीय सुकबहादुर परियार र २८ वर्षीय रोहितकुमार चौधरीलाई नदीले बगाएको इलाका प्रहरी कार्यालय पर्साढापले जनाएको छ ।
बगेको केहीबेरमा उत्रिएका रोहितकुमारले अन्य दुई जना साथीलाई जमुनाघाटबाट नदीले बगाएको जानकारी प्रहरीलाई दिएका थिए । सोही सूचनाको आधारमा हराएकाहरुको शुक्रबार रातिबाटै खोजी सुरु गरेको थियो । निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ गोरख गणका नेपाली सेना, स्थानीयबासीको टोलीले शनिवार पनि बिहानैबाट हात्ती र मोटरबोटबाट खोजी सुरु गरेका छन् ।
सेनाले रोहितकुमारको सूचनाको आधारमा अन्य दुई जनाको खोजी भइरहेको जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले पनि दुई जना व्यक्ति राप्तीमा जाँदा बेपत्ता भएको सूचनाको आधारमा खोजी भइरहेको बताए । चितवन राष्ट्रिय निकुञ्जमा पर्ने राप्ती नदीमा लाइसेन्स प्राप्त व्यक्तिले मात्रै माछा मार्न पाउँछन् । निकुञ्जभित्र अनाधिकृतरुपमा प्रवेश गर्न पाइँदैन । तर निकुञ्ज तथा मध्यवर्ती क्षेत्र आसपासका बासिन्दाहरुले प्रशासन तथा सुरक्षार्थ खटिएका नेपाली सेनाको आँखा छल्दै माछा मार्ने, निगुरो, घाँस, दाउराका लागि निकुञ्जभित्र प्रवेश गर्ने गर्छन् ।
सम्बन्धित खवर
-
ताजा आश्विन २, २०८१प्रचण्डको दावी : देशका लागि केही गर्ने त माओवादी नै रहेछ भन्ने जनताले बुझ्न थालेका छन्
-
ताजा आश्विन २, २०८१रास्वपाले आज महाधिवेशनको मिति र ठाउँको टुङ्गो लगाउने
-
ताजा आश्विन २, २०८१इटहरी २१ करोडको लागतमा आधुनिक सभा हल निर्माण सुरु
-
ताजा आश्विन २, २०८१पश्चगामी सोंचसहित आएका संविधान संशोधनका तर्क स्वीकार्य छैन : राष्ट्रिय सभा अध्यक्ष
-
ताजा आश्विन २, २०८१रहेनन् ‘मिस्टर काठमाडौं’ विजेता राई, पाँच दिनअघि मात्र जितेका थिए उपाधि
Comments