नौं महिनाभित्र संसद भवन निर्माणको काम सक्न उपप्रधानमन्त्री सिंहको निर्देशन
- श्रावण १५, २०८१ मा प्रकाशित
काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माणाधीन संसद भवनको अवलोकन गरेका छन् । मंगलबार बिहान स्थलगत अवलोकन गरेपछि मन्त्री सिंहले निर्माण निर्माण कार्य छिटो सम्पन्न गरेका छन् ।
२०७६ साल असोज १६ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको नयाँ संसद भवनको निर्माण कार्य २०८० वैशाख १४ गते सम्पन्न गर्ने समयसीमा तोकिए पनि अहिलेसम्म सम्पन्न हुन सकेको छैन । सम्झौता अनुसार आगामी नौ महिनामा काम सम्पन्न गर्नुपर्ने भए पनि ठेकदार कम्पनीले काममा गति दिएको नदेखिएको उपप्रधानमन्त्री सिंहले बताए ।
उनले संसदको आगामी हिउँदे अधिवेशन नयाँ भवनबाट सञ्चालन गर्ने भन्दै काम छिटो सम्पन्न गर्न निर्देशन दिएका थिए । यसअघि सभामुख देवराज घिमिरे, प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिका पदाधिकारी र मन्त्रीहरुले यसअघि काममा तीव्रता दिन निर्देशन दिए पनि ठेकेदार कम्पनीले चासो नलिएको देखिएको छ ।
सम्बन्धित खवर
-
ताजा आश्विन २, २०८१प्रचण्डको दावी : देशका लागि केही गर्ने त माओवादी नै रहेछ भन्ने जनताले बुझ्न थालेका छन्
-
ताजा आश्विन २, २०८१रास्वपाले आज महाधिवेशनको मिति र ठाउँको टुङ्गो लगाउने
-
ताजा आश्विन २, २०८१इटहरी २१ करोडको लागतमा आधुनिक सभा हल निर्माण सुरु
-
ताजा आश्विन २, २०८१पश्चगामी सोंचसहित आएका संविधान संशोधनका तर्क स्वीकार्य छैन : राष्ट्रिय सभा अध्यक्ष
-
ताजा आश्विन २, २०८१रहेनन् ‘मिस्टर काठमाडौं’ विजेता राई, पाँच दिनअघि मात्र जितेका थिए उपाधि
Comments