इटहरी डेस्क । पूर्वराष्ट्रपति विद्या भण्डारीको पक्षमा खुलेका एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलेको वरिष्ठ उपाध्यक्ष पद खारेज हुने भएको छ। आज बस्ने एमालेको केन्द्रीय सचिवालयको बैठकले पार्टीमा वरिष्ठ उपाध्य पद नै नरहने निर्णय गर्न लागेको हो। आगामी भदौमा हुने विधान महाधिवेशनको तयारीका विषयमा छलफल गर्न एमालेसचिवालय बैठक बिहीबार दिउँसो बस्दैछ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यलय च्यासलमा बैठक बस्ने बैठकले पार्टीको वरिष्ठ उपाध्यक्ष पद खारेज गर्ने एमाले स्रोतले जनाएको छ।
एमालेले आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। एमालेमा पछिल्लो समय ७० वर्षे उमेर हद र अध्यक्षको २ वर्षे कार्यकालबारे विवाद चर्किँदै गएको छ।


























Discussion about this post