[t4b-ticker]
Wednesday, March 11, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

    सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

    बहुमत जुटाएकाे रास्वपालाई दुईतिहाइका लागि पुगेन १ सिट

    बहुमत जुटाएकाे रास्वपालाई दुईतिहाइका लागि पुगेन १ सिट

    एडीबीले नेपाललाई स्वीकृत गर्‍यो पौने ६ अर्ब सहुलियत ऋण

    एडीबीले नेपाललाई स्वीकृत गर्‍यो पौने ६ अर्ब सहुलियत ऋण

    समानुपातिकतर्फ १५२ क्षेत्रको मत गणना सकियो, १३ क्षेत्रको गणना जारी

    समानुपातिकतर्फ १५२ क्षेत्रको मत गणना सकियो, १३ क्षेत्रको गणना जारी

    संखुवासभा र धनुषा १ बाहेक सबैको नतिजा, प्रत्यक्षमा एमालेभन्दा कांग्रेस दोब्बर ठूलो

    संखुवासभा र धनुषा १ बाहेक सबैको नतिजा, प्रत्यक्षमा एमालेभन्दा कांग्रेस दोब्बर ठूलो

    १३२ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक: रास्वपाले जित्यो १०४ सिट, अरूले कति?

    श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ ल्यायो अढाई लाख मत, अहिलेसम्म कुन दलको भोट कति?

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

ऊर्जामन्त्री खड्काको एक वर्ष , सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गरिसक्ने

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
असार ३१, २०८२ मा प्रकाशित
✅ समाचार
ऊर्जामन्त्री खड्काको एक वर्ष , सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गरिसक्ने
21
SHARES
Share on FacebookShare on Twitter

इटहरी डेस्क । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा नीतिगत तथा कानुनी सुधारको थालनी गरेका छन् । यसबीचमा ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको बाधक रहँदै आएका नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक, जलस्रोत विधेयक, विद्युत् विधेयक संसद्मा अघि बढाइएका छन् ।

सरकारको सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने बृहत् लक्ष्यका साथ ‘ऊर्जा विकास मार्गचित्र–२०८१’ मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । उक्त लक्ष्यमार्फत उत्पादित विद्युत्मध्ये १३ हजार ५०० मेगावाट विद्युत् स्वदेशमा खपत गर्ने र बाँकी १५ हजार मेगावाट विद्युत् छिमेकी मुलुक भारत, बङ्गलादेशलगायतमा बिक्री गर्ने उल्लेख छ ।

याे पनिपढ्नुहाेस्

सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

बहुमत जुटाएकाे रास्वपालाई दुईतिहाइका लागि पुगेन १ सिट

‘उक्त मार्गचित्रको लक्ष्य पूरा गर्ने क्रममा ६५ खर्बभन्दा बढी परिचालन हुने र लाखौं युवाले रोजगारी पाउने छन्, राष्ट्रिय गौरवका ठूला जलाशययुक्त आयोजना निर्माणको काम समेत अगाडि बढ्नेछ’, ऊर्जामन्त्री खड्काले भने । त्यसैगरी, मन्त्री खड्काकै सक्रियतामा ‘जनताको जलविद्युत् कार्यक्रम’ दोस्रो संशोधन गरिएको छ । उक्त कार्यक्रममार्फत गरिब तथा सीमान्तकृत वर्गलाई आयोजनाको क्षमता हेरेर रु दुई लाखदेखि पाँच लाखसम्म आयोजना नै धितो रहनेगरी सहुलियत कर्जामा जलविद्युत्मा शेयर लगानी गर्ने वातावरण मिलाइएको छ ।

विपन्न नागरिकलाई समृद्ध बनाउनेगरी सरकारले जनताको जलविद्युत् कार्यक्रम संशोधन गरेको ऊर्जामन्त्री खड्काले बताए । मन्त्री खड्काको कार्यकालको एक वर्षमा विद्युत् उत्पादन तथा प्रसारण क्षेत्रमा समेत उल्लेख्य प्रगति भएका छन् । यस अवधिमा राष्ट्रिय प्रसारण लाइनमा ४०८ मेगावाट विद्युत् थप भएको छ भने कुल उत्पादन क्षमता तीन हजार ५६५ मेगावाट पुगेको छ । यसै अवधिमा विद्युत् विकास विभागबाट ८० जलविद्युत् आयोजनाबाट एक हजार ९५ मेगावाट र ६७ सौर्य ऊर्जा केन्दबाट एक हजार १९९ मेगावाट विद्युत् उत्पादनका लागि सर्वेक्षण अनुमति जारी गरिएको छ ।

यसैगरी, एक हजार २४२ मेगावाट क्षमताको ३० जलविद्युत् आयोजना र करिब ५० मेगावाट क्षमताको आठवटा सौर्य विद्युत् आयोजनालाई उत्पादन अनुमति जारी गरिएको छ । त्यसैगरी, विद्युत् विकास विभागबाट आठ हजार ७७६ मेगावाट क्षमताको १४७ जलविद्युत् आयोजना र एक हजार ८५१ मेगावाट क्षमताको ९५ सौर्य आयोजना सर्वेक्षण अनुमति दिएको छ । त्यस्तै, २६४ जलविद्युत् (१० हजार ७५०.७४ मेगावाट क्षमताको २६४ आयोजना र करिब १०० मेगावाट क्षमताको १३ सौर्य आयोजना उत्पादन अनुमति जारी भएका छन् । यसबाहेक तीन हजार ३३० मेगावाट क्षमताको १७० जलविद्युत् आयोजना र ११३ मेगावाट क्षमताको १९ वटा सौर्य आयोजना सञ्चालनमा छन् ।

मन्त्री खड्काको एकवर्षे कार्यकालमा ३०० सर्किट किलोमिटर प्रसारण लाइन तथा ७०० एमभिए क्षमताका सबस्टेसन निर्माण सम्पन्न भएका छन् । हालसम्म विभिन्न क्षमताका करिब छ हजार ८०० सर्किट किलोमिटर प्रसारण लाइन निर्माण तथा १३ हजार ७५४ एमभिए क्षमताका सबस्टेसन आयोजना सञ्चालनमा रहेका छन् । एक वर्षमा ६० प्रसारण लाइन (एक हजार ३१ सर्किट किलोमिटर) का लागि सर्वेक्षण अनुमति र २६ प्रसारण लाइन (२७८ सर्किट किलोमिटर) का लागि प्रसारण अनुमति जारी गरिएको छ । यसैगरी, १४४ प्रसारण लाइन–तीन हजार १७४ सर्किट किलोमिटर) का लागि सर्वेक्षण अनुमति र २७१ प्रसारण लाइन (पाँच हजार ७०६ सर्किट किलोमिटर) का लागि प्रसारण अनुमति जारी भएको मन्त्रालयले स्पष्ट गरेको छ ।

यसैबीचमा लामो समयदेखि विवादमा रहेको मध्यभोटेकोशी जलविद्युत् आयोजनाका साथै ढल्केवर सीतामढी प्रसारण लाइनको विवाद समाधान गरिएको छभने रसुवागढी, सान्जेन, मध्यभोटेकोशीलगायत बहुप्रतिक्षित आयोजना सफलतापूर्वक सञ्चालनमा आएका छन् । अन्तरदेशीय विद्युत् व्यापारअन्तर्गत छिमेकी मुलुकसँगको निरन्तर भेटघाट, छलफल तथा कूटनीतिक पहलमार्फत भारतसँगै बङ्गलादेशमा समेत विद्युत् निर्यात सुरु भएको छ ।

हाल भारतमा ९४१ मेगावाट विद्युत् निर्यात स्वीकृति प्राप्त भइसकेको छभने भारतबाट एक हजार मेगावाट विद्युत् आयातको प्रबन्ध गरिएको छ । सन् २०२४ मा मात्र करिब रु १७ अर्ब बराबरको विद्युत् भारत निर्यात गरिएको थियो । विगतमा ठूलो परिमाणमा भइरहेको विद्युत् आयात घटाउँदै निर्यात बढाउँदै लगिएको छ । सन् २०२४ मा भारतबाट करिब रु १६.९ अर्ब बराबरको विद्युत् आयात गरिएको थियो ।

यस वर्षदेखि बङ्गलादेशमा ४० मेगावाट विद्युत् अमेरिकी डलरमा भुक्तानी निर्यात प्रारम्भ भएको छ । प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्मको वर्षायाममा उत्पादित विद्युत् खेर जाने गरेको अवस्थामा करिब रु एक अर्ब २५ करोडको विद्युत् बङ्गलादेश निर्यात हुन थालेको छ । चीनमा समेत विद्युत् व्यापारको सम्भावनालाई हेरेर चिलिमे–जिलोङ्ग २२० केभी प्रसारण लाइन सहकार्यमा अघि बढाइएको छ । यसैगरी, करिब ५० किलोमिटर तटबन्ध निर्माण भइ ४७० हेक्टर जग्गा संरक्षण भएको छ । हालसम्म एक हजार ४७८ किलोमिटर तटबन्ध निर्माण भई करिब १३ हजार ६७२ हेक्टर जग्गा संरक्षण गरिएको छ ।

एक वर्षमा १५ हजार हेक्टर जमिनमा सिँचाइ पूर्वाधार विकास भएको छ । हालसम्म मुलुकभर १५ लाख ८४ हजार ३२ हेक्टर जमिनमा सिँचाइ पूर्वाधार विकास भएको छ । यो अवधिमा सरकारले राष्ट्रिय गौरवका सिँचाइ आयोजनालाई उच्च प्राथमिकतामा राखेको छ । राष्ट्रिय गौरवका महाकाली, रानीजमरा, बबई, सिक्टा, भेरी–बबई र सुनकोशी–मरिन डाइभर्सनलगायतका आयोजनाहरुबाट लाखौं हेक्टर जमिनमा सिँचाई सुविधा विस्तार तथा सयौं मेगावाट विद्युत् उत्पादन हुने भएकाले उक्त आयोजना निर्माणलाई उच्च प्राथमिकता दिएको मन्त्री खड्काले बताए ।

यसैगरी, बागमती, सुनसरी–मोरङ, प्रगन्ना–बड्कापथ, बृहत दाङ उपत्यका, एकीकृत कर्णाली र भेरी कोरिडोर सिँचाइ आयोजनामार्फत देशका विभिन्न क्षेत्रका कृषियोग्य जमिनमा सिँचाइ सुविधा विस्तार भइरहेको छ । यस अवधिमा ५७० स्वचालित जल तथा मौसम केन्द्र तथा चित्रात्मक पूर्वानुमान सेवा सुरु गरिएको छ । मन्त्रालयले विपद्बाट हुने क्षतिको पुनर्निर्माणलाई उच्च प्राथमिकतामा राखेको छ । गत वर्ष असार १० देखि १२ गते मुलुकभर परेकोे अविरल वर्षाबाट क्षति पुगेको माथ्लो तामाकोशी, मेलम्ची, खुम्बु क्षेत्रलगायत प्रभावित आयोजना पुनः सञ्चालनमा ल्याइएको छ ।

सरकारले राष्ट्रिय प्रसारण लाइन पुग्न नसकेका गाउँमा वैकल्पिक ऊर्जामार्फत विद्युतको पहुँच पुर्‍याउँदै आइरहेको छ । ऊर्जा मन्त्रालयले एक वर्षमा ३९७ किलोवाट लघु जलविद्युत् र ६०३ किलोवाट सौर्य ऊर्जा प्रणाली विस्तार गरेको छ । तीन हजार ५८४ बायोग्यास प्लान्ट, चार हजार १४२ घरेलु सौर्य प्रणाली र ३२० सुधारिएको चुलो जडान गरिसकेको छ ।

यस अवधिमा सरकारले वैदेशिक सहकार्यबाट एक अर्ब डलरभन्दा बढी ऋण-अनुदान सुनिश्चित गरेको छ । जल तथा सिँचाइ मापदण्ड निर्माण, जल सम्मेलन आयोजना, नदी नियन्त्रण तथा व्यवस्थापन कार्यमा प्रगति हासिल गरेको छ । मन्त्री खड्काले आगामी दिनमा ‘ऊर्जा विकास मार्गचित्र–२०८१’ कार्यान्वयन गर्न दृढ संकल्पका साथ लाग्ने बताए । ऊर्जा विकास मार्गचित्रले राखेको लक्ष्य पुरा हुँदैगर्दा प्रतिव्यक्ति विद्युत् खपत एक हजार ५०० युनिट पुर्‍याइने छभने आगामी आवमा ४७० युनिट पुर्‍याउने लक्ष्य लिइएको छ ।

आगामी वर्ष स्मार्ट ग्रिड, वैकल्पिक ऊर्जा, र ऊर्जा भण्डारण प्रणालीमा लगानी विस्तार गरिने बताइएको छ । बुटवल–गोरखपुर, लम्की–बरेली, इनरुवा–पूर्णियालगायत अन्तरदेशीय लाइन निर्माणलाई तीव्रता दिइनेछ । आगामी आर्थिक वर्षमा जलस्रोत तथा सिँचाइ व्यवस्थापनतर्फ ६३ किलोमिटर तटबन्ध निर्माण गरी २७० हेक्टर जमिन ‘उकास’ गरिने छ भने नदी ‘बेसिन’ योजनाअनुसार जल व्यवस्थापन, जलवायु अनुकूल रणनीति अपनाइने बताइएको छ। सरकारले आगामी आर्थिक वर्षमा नौ हजार ३५० हेक्टरमा सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्य लिएको छ । समग्रमा वर्तमान सरकार गठन भएको यस अवधिमा ऊर्जा, जलस्रोत तथा सिँचाइका क्षेत्रमा अत्यावश्यक ऐन, कानुन निर्माणका प्रक्रिया अघि बढ्नाका साथ पूर्वाधार विकास एवं विस्तारका क्षेत्रमा अपेक्षा गरिएभन्दा बढी काम भएको सरकारले दाबी गरेको छ ।

सम्बन्धित-समाचार

सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत
BANNER

सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

✍ सूचना पाेर्टल
फाल्गुन २६, २०८२ मा प्रकाशित
0

इटहरी । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सुनसरी–२ मा प्रतिस्पर्धा गरेका अधिकांश उम्मेदवारको जमानत जफत भएको छ।कुल ९५ हजार ५४१ सदर मत परेको...

बहुमत जुटाएकाे रास्वपालाई दुईतिहाइका लागि पुगेन १ सिट
समाचार

बहुमत जुटाएकाे रास्वपालाई दुईतिहाइका लागि पुगेन १ सिट

✍ सूचना पाेर्टल
फाल्गुन २६, २०८२ मा प्रकाशित
0

इटहरी । प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फका सबै निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको...

एडीबीले नेपाललाई स्वीकृत गर्‍यो पौने ६ अर्ब सहुलियत ऋण

एडीबीले नेपाललाई स्वीकृत गर्‍यो पौने ६ अर्ब सहुलियत ऋण

फाल्गुन २६, २०८२ मा प्रकाशित
समानुपातिकतर्फ १५२ क्षेत्रको मत गणना सकियो, १३ क्षेत्रको गणना जारी

समानुपातिकतर्फ १५२ क्षेत्रको मत गणना सकियो, १३ क्षेत्रको गणना जारी

फाल्गुन २६, २०८२ मा प्रकाशित
संखुवासभा र धनुषा १ बाहेक सबैको नतिजा, प्रत्यक्षमा एमालेभन्दा कांग्रेस दोब्बर ठूलो

संखुवासभा र धनुषा १ बाहेक सबैको नतिजा, प्रत्यक्षमा एमालेभन्दा कांग्रेस दोब्बर ठूलो

फाल्गुन २५, २०८२ मा प्रकाशित
१३२ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक: रास्वपाले जित्यो १०४ सिट, अरूले कति?

श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ ल्यायो अढाई लाख मत, अहिलेसम्म कुन दलको भोट कति?

फाल्गुन २५, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत
BANNER

सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

✍ सूचना पाेर्टल
फाल्गुन २६, २०८२ मा प्रकाशित
0

इटहरी । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सुनसरी–२ मा प्रतिस्पर्धा गरेका अधिकांश उम्मेदवारको जमानत जफत भएको छ।कुल ९५ हजार ५४१ सदर मत परेको...

अरु पढ्नुहाेस्...
बहुमत जुटाएकाे रास्वपालाई दुईतिहाइका लागि पुगेन १ सिट

बहुमत जुटाएकाे रास्वपालाई दुईतिहाइका लागि पुगेन १ सिट

फाल्गुन २६, २०८२ मा प्रकाशित
समानुपातिकतर्फ १५२ क्षेत्रको मत गणना सकियो, १३ क्षेत्रको गणना जारी

सुनसरीमा ९८ जना उम्मेद्वारकाे जमानत जफत , काेशी प्रदेशमा ९६ जनाले मात्रै जाेगाए जमानत

फाल्गुन २६, २०८२ मा प्रकाशित
एडीबीले नेपाललाई स्वीकृत गर्‍यो पौने ६ अर्ब सहुलियत ऋण

एडीबीले नेपाललाई स्वीकृत गर्‍यो पौने ६ अर्ब सहुलियत ऋण

फाल्गुन २६, २०८२ मा प्रकाशित
बाेलीकाे पक्का जगतबहादुर : ओली हारेपछि  छाडे इलाम

बाेलीकाे पक्का जगतबहादुर : ओली हारेपछि छाडे इलाम

फाल्गुन २६, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    202 shares
    Share 81 Tweet 51
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    197 shares
    Share 79 Tweet 49
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    54 shares
    Share 22 Tweet 14
  • ओखलढुंगामा नतिजा सुनाइसकेपछि प्रत्यक्षतर्फ हराएकाे मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटियाे , कानुनी उपचारमा जाने कांग्रेस उम्मेद्वारकाे तयारी

    33 shares
    Share 13 Tweet 8
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    50 shares
    Share 20 Tweet 13
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    54 shares
    Share 22 Tweet 14

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष