[t4b-ticker]
Friday, March 13, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    दुबई विमानस्थलमा अलपत्र परेका २७२ जना नेपालीलाई स्वदेश ल्याइयो

    दुबई विमानस्थलमा अलपत्र परेका २७२ जना नेपालीलाई स्वदेश ल्याइयो

    कुमार पौडेल ‘इन्काउण्टर’ प्रकरण: तत्कालीन सीडीओसहित १० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता गर्न परमादेश

    कुमार पौडेल ‘इन्काउण्टर’ प्रकरण: तत्कालीन सीडीओसहित १० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता गर्न परमादेश

    नेपालमा एकसाथ तीन मौसम प्रणाली, आज पनि यी स्थानमा पर्नेछ पानी

    नेपालमा एकसाथ तीन मौसम प्रणाली, आज पनि यी स्थानमा पर्नेछ पानी

    कोशी प्रदेशमा रास्वपाको स्थिति: उम्मेदवार चिन्दैनन् मतदाता, विजय उत्सवमा बालेनको खोजी

    कोशी प्रदेशमा रास्वपाको स्थिति: उम्मेदवार चिन्दैनन् मतदाता, विजय उत्सवमा बालेनको खोजी

    सेयरबजारमा ‘करेक्सन’, ४ अर्ब ७७ करोडको कारोबार

    २४ अंकले बढेपछि सेयरबजारमा साढे १४ अर्ब नाघ्यो कारोबार रकम

    इनिशा विक प्रकरण: बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको खुलासा

    इनिशा विक प्रकरण: बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको खुलासा

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

प्रशिद्ध रामधुनीमा पर्यटककाे घुइचाे , प्रवर्द्धनमा जुट्याे स्थानिय सरकार , लगानी गरेपछि फेरिदै मुहार

बाहीय पर्यटकहरूकाे केन्द्र बनाउछाै : नगर प्रमुख चाैधरी

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
असार २२, २०८२ मा प्रकाशित
✅ काेशी
प्रशिद्ध रामधुनीमा पर्यटककाे घुइचाे , प्रवर्द्धनमा जुट्याे स्थानिय सरकार , लगानी गरेपछि फेरिदै मुहार
25
SHARES
Share on FacebookShare on Twitter

इटहरी । धार्मिक, ऐतिहासिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण मानिएको सुनसरीको रामधुनी मन्दिरलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न रामधुनी नगरपालिका लागि परेको छ । त्रेता युगमा भगवान राम वनवास जाँदा एकरात बसेको र उनैले जलाएको धुनी अर्थात आगो आजसम्म जलिरहेको ऐतिहासिक धार्मिक किम्बदन्ती रहेको रामधुनी मन्दिरमा प्रतिदिन आन्तरिक तथा बाह्य पर्यटकहरुको भिड लाग्ने गरेको छ ।

रामधुनी मन्दिरकै नामबाट नामकरण भएको रामधुनी नगरपालिकाले प्रत्येक बर्षको नीति, कार्यक्रम र बजेटमा मन्दिर क्षेत्रलाई व्यवस्थित धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न बिभिन्न कार्यक्रमहरु समेटिएकै हुन्छन् । चालु आर्थिक बर्षमा पनि सो मन्दिर परिसरमा १०८ धारा जडानको कार्य अन्तिम चरणमा पुगेको छ । यहि असार भित्रमै निर्माणकर्ताहरुले हस्तान्तरण गरिने रामधुनी नगरपालिकाका मेयर शंकरलाल चौधरीले जानकारी दिए ।

याे पनिपढ्नुहाेस्

इटहरीमा “उद्यमी घर परियोजना”का लागि श्रीमद्भागवत पुराण : प्रचार–प्रसारसँगै तयारी तीव्र

जलयात्राले हतुवागढीसँग तराईको दूरी छोटियो , बोट सञ्चालनले स्थानीय नागरिकको आवतजावत सहज

NG_Sunsari-IMG_3828-thumb_840_560

उनका अनुसार पर्यटकीय हिसाबले रामधुनीको डिपीआर नै निर्माण गरि विकासका कार्यहरु भईरहेको उनले बताए । डिपीआर भित्रका बिभिन्न योजनाहरु मध्ये क्रमागत  रुपमा हरेक बर्ष योजनाहरु सम्पन्न गर्दै लैजाने नीति अनुसार नै रामधुनी नगरपालिका अगाडि बढीरहेको मेयर चौधरीले सुनाए ।

उनका अनुसार डिपीआर भित्रकै व्यस्थित विवाह मण्डपको निर्माण कार्यपनि अन्तिम चरणमा पुगेको छ । जनकपुरको जानकी मन्दिरको समिपमा रहेको विवाह मण्डपकै मोडलमा रामधुनी मन्दिर परिसरमा पनि विवाह मण्डल निर्माण भईरहेको मेयर चौधरीले बताए । १०८ धारा र विवाह मण्डप निर्माण सम्पन्न भएसँगै रामधुनी मन्दिर परिसरमा आउने धार्मिक पर्यटकहरुको संख्यामा बृद्धि हुने र यस क्षेत्रको आर्थिक उन्नयनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास रामधुनी नगरपालिकाले लिएको मेयर चौधरीले बताए ।

403626758-736124264515996-4302249361101766698-n

विवाह मण्डप निर्माण नहुँदा धेरै धार्मिक भक्तजनहरुले रामधुनी मन्दिर परिसरमा विवाह गर्न चाहदा समस्याहरु हुने गरेको थियो । व्यस्थित विवाह मण्डप निर्माण भई संचालन भएसँगै लगनका बेला विवाह गर्न आउनेहरुको भीड राम्रो लाग्ने मेयर चौधरीले बताए । नगरपालिकाले मन्दिर व्यवस्थापन समिति मार्फत रामधुनी मन्दिरको संरक्षण, दैनिक कार्य र रेखदेखको कार्य भईरहेको छ । विवाह मण्डपमा पनि केही निश्चित शुल्क लिएर विवाहका कार्यहरु गर्नका लागि नगरपालिकाले अग्रसरता लिने मेयर चौधरीले बताए ।

रामधुनी मन्दिरमा नेपाल लगायत भारतका विहार राज्यबाट उल्लेखिय धार्मिक पर्यटकहरु आउने गरेको मेयर चौधरीले बताए । डिपीआर अनुसार नै आउँने आर्थिक बर्षमा पनि २ करोड माथिका योजनाहरु रामधुनी मन्दिर परिसर क्षेत्रमा निर्माण गरिने मेयर चौधरीले बताए । उनका अनुसार १ करोड संघीय सरकारबाट प्राप्त हुने पक्का भएको छ भने त्यसमा नगरपालिकाले १ करोड थप लगानी गर्ने छ ।

Ramdhuni_Temple_2-1536x862

२ करोडमा व्यवस्थित पार्किङ र गौशाला निर्माण काम अगाडि बढ्ने मेयर चौधरीले बताए । रामधुनी मन्दिरलाई व्यवस्थित गर्नका लागि नगरपालिकाले आवश्यक बजेटका लागि कोशी प्रदेश सरकारसँग निरन्तर समन्वय र सहकार्य गरिरहने मेयर चौधरीले बताए ।

भगवान राम यहाँ आउँदा प्रयोग गरेको सवारी रथको पाङ्ग्रा र खराउ लगायतका सामानहरु यहाँ अहिले पनि सुरक्षित राखिएको छ । त्रेता युगदेखि निरन्तर बलिरहेको धुनीको खरानीलाई भक्तजनहरुले तिलकको रुपमा ग्रहण गर्ने मेयर चौधरीले बताए । भगवान रामले बालेको धुनीलाई यही ठाउँमा तपस्या गरी बस्ने वनखण्डी बाबाले निभ्न नदिई हालसम्म बलिरहेको भन्ने आम जनविश्वास रहेको मेयर चौधरीले बताए  ।

यसरी पुग्न सकिन्छ रामधुनी मन्दिर

जंगलको मध्यभागमा रामधुनी मन्दिर अवस्थित छ । इटहरी र झुम्का बजार हुँदै मन्दिरसम्म पुग्न १७ किलोमिटरको दुरी पार गर्नुपर्छ ।   पूर्वपश्चिम राजमार्गले छोएको सुनसरी जिल्लाको सदरमुकाम इनरुवाबाट पश्चिम कोशीटप्पु वन्यजन्तु आरक्ष जाने बाटोलाई पछ्याउँदा पनि रामधुनी मन्दिर पुग्न सकिन्छ ।

अन्य पर्यटकीय स्थल घुम्न सकिने

ऐतिहासिक पृष्ठभूमि भएको यो मन्दिर नेपालका महत्वपूर्ण तिर्थस्थल मध्ये एउटा हो । मन्दिर दर्शनका लागि मात्र नभई यहाँको जंगल र पार्कमा घुम्नका लागि पनि आउन सकिन्छ । नजिकै रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा घुम्न आउने धेरैजसो भारतीय पर्यटकहरु यहाँसम्म आइपुग्छन् ।  यो मन्दिरमा रामनवमी, बालाचतुर्दशी, विवाहपञ्चमी लगायतका महत्वपूर्ण चाडहरुमा भुटान, भारत र नेपालका विभिन्न ठाउँहरुबाट आउने भक्तजनहरुको घुँइचो लाग्ने गर्दछ ।

यस्तो छ, मन्दिरको किम्बतन्ति

वि.सं. १९९७ सालमा जन्मनु भएका काशीनाथ उदासी १३ बर्षको उमेरदेखि यस मन्दिरमा पुजारी थिए । मन्दिरमा पुजाआजा गर्ने, भक्तजनहरुलाई पूजाविधि सिकाउने र धुनीलाई निभ्न नदिई निरन्तर संरक्षण गर्ने उनको काम १३ बर्षको उमेरदेखि निरन्तर चलिरहेको छ ।

वनखण्डी बाबाले ध्यान गर्दागर्दै फलफुल खान मन लागेको र सालको रुखमा तिर हानेर आँप फलाएको भन्ने अर्को किम्बदंती पनि छ । रामधुनी मन्दिर वरिपरी ठुला ठुला साल र आँपका रुखहरु अहिले पनि छन् । आँपका रुखहरु काट्दा रगत आउने र अनर्थ हुन्छ भन्ने भनाई पनि छ ।

393145340-644037571140627-268743698121970710-n

रुखको फेदमा झट्ट हेर्दा सालको जस्तो तर माथि भने आँपको रुख देखिन्छ । यस क्षेत्रमा फल्ने आँप अन्य ठाउँको भन्दा फरक हुन्छ । ऐतिहासिक पृष्ठभूमि, अचम्म लाग्दो रहस्य र घना जंगलभित्र अवस्थित रामधुनी मन्दिर दर्शन गर्न र घुम्न चाहाने पर्यटक र भक्तजनहरु निर्धक्क भएर आउन सक्छन् ।

भौतिक संरचना निर्माणको काम तिब्र

हाल रामधुनी बाबा वनखण्डी मन्दिर गुठी व्यवस्थापन समिति गठन गरेर रामधुनी नगरपालिकाको सहकार्यमा विभिन्न संरचनाहरु निर्माण भईरहेको छ । विस्तृत परियोजना डिपिआर नै तयार गरेर पूर्वको ऐतिहासिक मन्दिर र पार्कको रुपमा विकास गर्ने योजना रहेको छ ।

मन्दिर परिसरमा घेराबारा गरेर ठुलो पोखरी निर्माण गरिएको छ । यो पोखरीको पानी कहिल्यै नसुक्ने भनाई पनि छ । वरीपरी पर्यटकहरु बस्ने फलँैचाहरु छन् । पछाडी पट्टी जंगल छ । जहाँ शान्त वातावरण पाउन सकिन्छ । जसले जो कोहीलाई आनन्द प्रदान गर्दछ ।

Ramdhuni_Temple_5-1536x862

मन्दिरदेखि बाहिरपट्टीको जंगलमा खाली चौरीहरु छन् । पछिल्लो समय पिकनिक खान र सितल ताप्न मानिसहरु यहाँ आउने गरेका छन् । बाटोमा देखिने गाउँले जनजिवन, जंगलको बीचमा अवस्थित ऐतिहासिक मन्दिर र पार्कको रुपमा विकास गरिदै गरेको मन्दिर परिसर घुम्दा जो कोहीलाई रमाइलो लाग्छ  ।

अन्तयमा

कोशी नदीप्रति हिन्दूहरूमा आध्यात्मिक लगाव छ । कोशी किनार ऋषिमुनिहरूको तपोवनका रूपमा स्थापित थियो । धुनीवन पनि ऋषिमुनिहरूको तपोवन थियो । कोशी किनारका वराहक्षेत्र, चतरा, धुनीवन लगायत कोशी नदी गंगामा मिसिने स्थानसम्मका स्थानहरू तपोवन रहेको पुराणहरूमा वर्णित छ । कोशीको धार (जलमार्ग) पश्चिम सर्दै जाने क्रममा थुप्रै स्थान मासिएर गए तर धुनीवन सुरक्षित छ ।

रामधुनिमा मुख्य रूपमा धुनिमन्दिर र दरवार मन्दिर छन्। धुनिमन्दिरमा सधै एउटा साजको मूढो सल्काएर राखिन्छ र उक्त मूढो जली रहेको हुन्छ, जसको खरानी नै त्यहाँको देव प्रसाद मानिन्छ। यसैगरी दरवार मन्दिरलाई लङ्गौट मन्दिर पनि भनिन्छ। त्यसभित्र चन्द्र, शिवलिंग, दूर्गा र सिंहका मूर्तिहरू राखिएका छन्। वनखण्डी वावाले बोकेर हिड्ने मनचिन्ते चिम्टा पनि त्यसै मन्दिरमा राखिएको छ। धुनिवन सुनसरी खोलाको किनारमा छ , जसको क्षेत्रफल करिव १००० विगाहा छ। एउटा किंवदन्तीमा वनखण्डी वावाले यहाँका सखुवाको बोटमा चिम्टा रोपेर आँपका वृक्ष बनाएका थिए भनिन्छ। रामधुनी र धरान पिण्डेश्वरको एक आपसमा सम्बन्ध रहेको पाइन्छ। पिण्डेश्वरको अखण्ड ज्योती निभेमा रामधुनिको आगो लगेर बाल्नु पर्दछ भने रामधुनिको निभेमा पिण्डेश्वरबाट ल्याएर त्यहाको मूढा सल्काउनु पर्छ भन्ने मान्यता छ।

393088679-380203104371594-2682062662013792043-n

पिण्डेश्वरका बाघम्बर र चिताम्बर, रामधुनिका वनसखण्डी तथा चतराका औलियाबाबा समकालिन थिए भनिन्छ। उनीहरूका बारेमा कैयौ प्रकारका चमत्कारी कथाप्रसंगहरू समेत जोडिएका छन रामधुनि धार्मिक पर्यटनमात्र नभएर फिसिङ्ग, जंगलसफारी, नौकाशयर, वर्ड वाचिङ्ग र जलक्रिढा पर्यटनका लागि समेत महत्वपूर्ण छ। कोशीनदी र कोशी टप्पु वन्यजन्तु आरक्ष चतरा र वराहक्षेत्र यस स्थानबाट नजीकै पर्दछन्। रामधुनिलाई एउटा पार्कका रूपमा समेत विकास गर्न सकिने संभावना छ। यस बाट उक्त क्षेत्रको पर्यटन प्रवद्र्धन भई स्थानीय मानिसहरूको जीवनस्तरमा सुधार ल्याउन समेत सहयोग पुग्ने देखिन्छ ।

सम्बन्धित-समाचार

इटहरीमा “उद्यमी घर परियोजना”का लागि श्रीमद्भागवत पुराण : प्रचार–प्रसारसँगै तयारी तीव्र
काेशी

इटहरीमा “उद्यमी घर परियोजना”का लागि श्रीमद्भागवत पुराण : प्रचार–प्रसारसँगै तयारी तीव्र

✍ सूचना पाेर्टल
फाल्गुन २९, २०८२ मा प्रकाशित
0

इटहरी ।  महिला शिप विकास केन्द्रद्वारा सञ्चालन हुने “उद्यमी घर परियोजना” का लागि अक्षयकोष स्थापना गर्ने मुख्य उद्देश्यका साथ आगामी...

जलयात्राले हतुवागढीसँग तराईको दूरी छोटियो , बोट सञ्चालनले स्थानीय नागरिकको आवतजावत सहज
काेशी

जलयात्राले हतुवागढीसँग तराईको दूरी छोटियो , बोट सञ्चालनले स्थानीय नागरिकको आवतजावत सहज

✍ सूचना पाेर्टल
फाल्गुन २९, २०८२ मा प्रकाशित
0

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमा सञ्चालन हुने बोट सञ्चालनले स्थानीय नागरिकको आवतजावत सहज बनेको छ। जलयात्रामार्फत धरान,...

एमाले अध्यक्ष केपी ओलीलाई पितृशोक

एमाले अध्यक्ष केपी ओलीलाई पितृशोक

फाल्गुन २९, २०८२ मा प्रकाशित
उदयपुर २ बाट निर्वाचित रास्वपा सांसद तामाङ कालो सूचीमा

उदयपुर २ बाट निर्वाचित रास्वपा सांसद तामाङ कालो सूचीमा

फाल्गुन २८, २०८२ मा प्रकाशित
समानुपातिकतर्फ १५२ क्षेत्रको मत गणना सकियो, १३ क्षेत्रको गणना जारी

सुनसरीमा ९८ जना उम्मेद्वारकाे जमानत जफत , काेशी प्रदेशमा ९६ जनाले मात्रै जाेगाए जमानत

फाल्गुन २६, २०८२ मा प्रकाशित
बाेलीकाे पक्का जगतबहादुर : ओली हारेपछि  छाडे इलाम

बाेलीकाे पक्का जगतबहादुर : ओली हारेपछि छाडे इलाम

फाल्गुन २६, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

इटहरीमा “उद्यमी घर परियोजना”का लागि श्रीमद्भागवत पुराण : प्रचार–प्रसारसँगै तयारी तीव्र
काेशी

इटहरीमा “उद्यमी घर परियोजना”का लागि श्रीमद्भागवत पुराण : प्रचार–प्रसारसँगै तयारी तीव्र

✍ सूचना पाेर्टल
फाल्गुन २९, २०८२ मा प्रकाशित
0

इटहरी ।  महिला शिप विकास केन्द्रद्वारा सञ्चालन हुने “उद्यमी घर परियोजना” का लागि अक्षयकोष स्थापना गर्ने मुख्य उद्देश्यका साथ आगामी...

अरु पढ्नुहाेस्...
जलयात्राले हतुवागढीसँग तराईको दूरी छोटियो , बोट सञ्चालनले स्थानीय नागरिकको आवतजावत सहज

जलयात्राले हतुवागढीसँग तराईको दूरी छोटियो , बोट सञ्चालनले स्थानीय नागरिकको आवतजावत सहज

फाल्गुन २९, २०८२ मा प्रकाशित
दुबई विमानस्थलमा अलपत्र परेका २७२ जना नेपालीलाई स्वदेश ल्याइयो

दुबई विमानस्थलमा अलपत्र परेका २७२ जना नेपालीलाई स्वदेश ल्याइयो

फाल्गुन २९, २०८२ मा प्रकाशित
कुमार पौडेल ‘इन्काउण्टर’ प्रकरण: तत्कालीन सीडीओसहित १० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता गर्न परमादेश

कुमार पौडेल ‘इन्काउण्टर’ प्रकरण: तत्कालीन सीडीओसहित १० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता गर्न परमादेश

फाल्गुन २९, २०८२ मा प्रकाशित
एमाले अध्यक्ष केपी ओलीलाई पितृशोक

एमाले अध्यक्ष केपी ओलीलाई पितृशोक

फाल्गुन २९, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    218 shares
    Share 87 Tweet 55
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    213 shares
    Share 85 Tweet 53
  • सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

    34 shares
    Share 14 Tweet 9
  • ओखलढुंगामा नतिजा सुनाइसकेपछि प्रत्यक्षतर्फ हराएकाे मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटियाे , कानुनी उपचारमा जाने कांग्रेस उम्मेद्वारकाे तयारी

    33 shares
    Share 13 Tweet 8
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    55 shares
    Share 22 Tweet 14
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    51 shares
    Share 20 Tweet 13

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष