•  २१ कार्तिक २०८१, बुधबार
  •  7:30:32 AM

कोशीका मुख्यमन्त्रीले लिए सपथ,  सभामुख छाडेका गौतम अर्थमन्त्री

- श्रावण १८, २०८० मा प्रकाशित



इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मंगलबार नियुक्त भएका थापालाई बुधबार साँझ प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन् ।

यसअघि २१ असारमा मुख्यमन्त्री नियुक्त भएका थापाले सभामुखको समेत समर्थन लिएर मुख्यमन्त्री बन्नु संविधान विपरीत भन्दै सर्वोच्चले उनको नियुक्ति बदर गरिदिएको थियो । मंगलबार सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर उनको समर्थन पनि लिएर थापा मुख्यमन्त्री भएका थिए ।

२६ दिनको अन्तरमा दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थापाले तीन सदस्यीय मन्त्रीपरिषद् पनि विस्तार गरेका छन् । सत्ता साझेदार दलबाट १–१ जना सदस्य रहने गरी मन्त्रीपरिषद् विस्तार गरेका हुन् । थापाले बाबुराम गौतमलाई आर्थिक मामिला तथा योजना, कमलप्रसाद जवेगूलाई भौतिक पूर्वाधार विकास, प्रदिप सुनुवारलाई खानेपानी सिचाइ तथा उर्जा मन्त्री नियुक्त गरेका छन् ।

गौतम माओवादी केन्द्र, जवेगू एकिकृत समाजवादी पार्टी र सुनुवार नेपाली काङ्ग्रेसबाट मन्त्री बनेका हुन् । गौतमले मंगलबार मात्रै सभामुखबाट राजीनामा दिएका थिए । जवेगू र सुनुवार यसअघि विना विभागिय मन्त्री थिए ।

Comments

सम्बन्धित खवर