आफूलाई धर्मगुरु भनी करोडौँ ठगी गर्ने व्यक्ति भारतबाट पक्राउ
- असार १३, २०८० मा प्रकाशित
काठमाडाैं । नारी शक्तिको जागरण गराउने भन्दै पीडितबाट करिब रु पाँच करोड र एक सय तोलाभन्दा बढी सुन एवं सुनका गरगहना ठगी गर्ने एक धर्मगुरुलाई प्रहरीले पक्राउ गरेको छ।
दोलखा घर भई भक्तपुर मध्यपुर थिमी नगरपालिका–४ गठ्ठाघर बस्ने ४८ वर्षीय शिवसुत गौरी भक्त भनिने पुरुषोत्तम काफ्लेलाई प्रहरीले पक्राउ गरेको छ। उजुरीका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई कञ्चनपुर गड्डाचौकीबाट पक्राउ गरी काठमाडौं ल्याएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले बताए।
काफ्लेसमेतले काठमाडौंस्थित हाम्रो अभियान नेपाल र ओम आश्रम नेपाल नामक संस्था खोली पीडितलाई रकम लगानी गर्न अभिप्रेरित गराउने, सेमिनार गरी संस्थाको सदस्य बनाउने, धेरै मुनाफाको प्रलोभन देखाउने गरेको पाइएको छ। उनीहरूले लगानीको सुनिश्चितता नगरी पटक–पटक थप लगानी गर्न दबाब दिने र नगरेमा परिवारको सदस्यलाई मार्नेजस्ता धम्की दिई ठगी गरेको भनी प्रहरीमा उजुरी नै परेको थियो।
उनीउपर ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत काठमाडौँ बबरमहलबाट सात दिन म्याद लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित खवर
-
ताजा कार्तिक २०, २०८१The Secret Sauce: Best Roulette Method To Wi
-
ताजा कार्तिक २०, २०८१“A Few Ways To Play Crap
-
ताजा कार्तिक २०, २०८१10 Of The Particular World’s Largest Casinos: The Largest Casinos Ever
-
ताजा कार्तिक २०, २०८१How To Begin An On-line Casino In Several Steps 202
-
ताजा कार्तिक १९, २०८१संखुवासभामा ‘ड्युटी’ बाट फर्किने क्रममा लडेका हवल्दारको मृत्यु
Comments