पोखरा विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय विमान अवतरण
- असार ६, २०८० मा प्रकाशित
काठमाडौं । पोखरा विमानस्थलमा सिचुवान एयरले पहिलो अन्तर्राष्ट्रिय अवतरण गरेको छ । सन्चालनमा आएको ६ महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक व्यवसायिक अन्तर्राष्ट्रिय उडान अवतरण भएको हो ।
बुधवार चीनको छेन्दु–तियान्फु विमानस्थलबाट एक सय ३५ जना यात्रु बोकेको सिचुवान एयरलाइन्सले उडान अवतरण गरेको हो ।उक्त विमानस्थलबाट हाल आन्तरिक उडान मात्रै भइरहेको छ । उक्त जहाज आज नै पोखराबाट काठमाडौँ अवतरण भई नियमित उडानमार्फत छेन्दु फर्कनेछ ।
पोखरामा उक्त जहाजको अर्को उडानबारे जानकारी आइनसकेको विमानस्थलले जनाएको छ । उक्त जहाजबाट हाल चीन भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासहितको नेपाली टोली र आगामी शुक्रबार र शनिबार पोखरास्थित फेवातालमा हुन लागेको ‘नेपाल–चीन फ्रेण्डसीप ड्रागन वोट फेस्टिभल’ मा सहभागी हुने चिनियाँ खेलाडी तथा पर्यटक पोखरा आएका छन् ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १९, २०८१संखुवासभामा ‘ड्युटी’ बाट फर्किने क्रममा लडेका हवल्दारको मृत्यु
-
ताजा कार्तिक १९, २०८१बर्षाले बीपी राजमार्ग एकतर्फी सञ्चालन
-
ताजा कार्तिक १९, २०८१सुनसरीको एक यस्तो ठाउँ, जहाँ दाइजोमा सिंगो गाउँ नै दिने चलन छ , तीन देखि ४ लाख सम्म हुन्छ बिक्री
-
ताजा कार्तिक १९, २०८१विश्वप्रसिद्ध एघारौं ज्योतिर्लिङ्ग केदारनाथ धामको ढोका बन्द गरियाे , ६ महिना पछि खुल्ने
-
ताजा कार्तिक १९, २०८१सर्लाहीमा बेवारिसे महिलाले सडकमै जन्माइन् शिशु
Comments