गाडी दुर्घटनामा गम्भिर घाइते भएका सुदूरपश्चिमका कानुनमन्त्रीको पनि मृत्यु
- असार ६, २०८० मा प्रकाशित
बझाङ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको गाडी दुर्घटनमा ज्यान गएको छ । बझाङको केदारस्युँ गाउँपालिकामा मंगलबार दिउँसो भएको जीप दुर्घटनामा गम्भिर घाइते भएका सिंहको नेपालगञ्जको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको हो ।
दुर्घटनामा मन्त्री सिंह, उनकी श्रीमती अमृतादेवि सिंह र भाउजु जानकी सिंहसहित तीन जनाको ज्यान गएको छ । दुर्घटनामा घाइते भएका जीप चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीको नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१९००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको हो ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १९, २०८१संखुवासभामा ‘ड्युटी’ बाट फर्किने क्रममा लडेका हवल्दारको मृत्यु
-
ताजा कार्तिक १९, २०८१बर्षाले बीपी राजमार्ग एकतर्फी सञ्चालन
-
ताजा कार्तिक १९, २०८१सुनसरीको एक यस्तो ठाउँ, जहाँ दाइजोमा सिंगो गाउँ नै दिने चलन छ , तीन देखि ४ लाख सम्म हुन्छ बिक्री
-
ताजा कार्तिक १९, २०८१विश्वप्रसिद्ध एघारौं ज्योतिर्लिङ्ग केदारनाथ धामको ढोका बन्द गरियाे , ६ महिना पछि खुल्ने
-
ताजा कार्तिक १९, २०८१सर्लाहीमा बेवारिसे महिलाले सडकमै जन्माइन् शिशु
Comments