सङ्खुवासभामा बाढीले बगाउँदा दुइ जनाकाे मृत्यु : १७ जना सम्पर्क विहीन
- असार ३, २०८० मा प्रकाशित
इटहरी । पूर्वी पहाडी जिल्लाहरूमा लगातार परेकाे वर्षाले बाढि र पहिराेकाे जाेखिम संगै ठुलाे धनजनकाे क्षती पूर्याएकाे छ । संखुवासभाकाे हेँवा खोलामा शनिवार राती आएको बाढीले बगाउँदा दुइ जनाकाे मृत्यु भएकाे छ । मृतककाे पहिचान हुन नसकेकाे जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएकाे छ ।
चैनपुर नगरपालिका ४ पेङ्कोट र पाँचखपन नगरपालिका ९ मा गएको पहिरोले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठुलो जनधनको क्षति भएको हो ।
बाढीले चैनपुर ४ मा निर्माण भइरहेको सुपर हेँवा हाइड्रोमा पुर्णरुपले क्षति पुगेको वाना प्रहरी चौकी प्रमुख टिकाराम राईले जानकारी दिए । उक्त परियोजनामा काम गर्ने १७ मजदुरहरू सम्पर्क विहीन रहेको समेत सई टिकाराम राईले जानकारी दिए । खोलामा बाढी आएपछि उनीहरू अन्यत्र भागेको वा बाढीमा परेको भनेर यकिन हुन बाँकी रहेको राईले जानकारी दिए ।
बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुल पनि बगाएको छ भने किनार क्षेत्रमा ४ घर बगाएको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १९, २०८१संखुवासभामा ‘ड्युटी’ बाट फर्किने क्रममा लडेका हवल्दारको मृत्यु
-
ताजा कार्तिक १९, २०८१बर्षाले बीपी राजमार्ग एकतर्फी सञ्चालन
-
ताजा कार्तिक १९, २०८१सुनसरीको एक यस्तो ठाउँ, जहाँ दाइजोमा सिंगो गाउँ नै दिने चलन छ , तीन देखि ४ लाख सम्म हुन्छ बिक्री
-
ताजा कार्तिक १९, २०८१विश्वप्रसिद्ध एघारौं ज्योतिर्लिङ्ग केदारनाथ धामको ढोका बन्द गरियाे , ६ महिना पछि खुल्ने
-
ताजा कार्तिक १९, २०८१सर्लाहीमा बेवारिसे महिलाले सडकमै जन्माइन् शिशु
Comments