ललितपुर इमाडोलमा बीच सडकमै बस पल्टियो
- असार २, २०८० मा प्रकाशित
काठमाडौँ । ललितपुरको इमाडोलस्थित बाहुनधारामा बीच सडकमै बस पल्टिँदा १८ जना घाइते भएका छन् । शनिबार बिहान सवा पाँच बजे लुभुबाट लगनखेल आउँदै गरेको बा २ ख ८५८३ नम्बरको बस इमाडोलको बाहुनधारा भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।
अनियन्त्रित भई बस सडकमै पल्टिँदा चालकसहित केही व्यक्ति घाइते भएको इमाडोल प्रहरी प्रभागले जानकारी दिएको छ । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि बी एण्ड बी अस्पतालमा पुर्याइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बसमा २४ जना सवार थिए । दुर्घटनाको कारण खुल्न सकेको छैन । तीव्र गतिका कारण दुर्घटना भएको अनुमान प्रहरीको छ ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १९, २०८१संखुवासभामा ‘ड्युटी’ बाट फर्किने क्रममा लडेका हवल्दारको मृत्यु
-
ताजा कार्तिक १९, २०८१बर्षाले बीपी राजमार्ग एकतर्फी सञ्चालन
-
ताजा कार्तिक १९, २०८१सुनसरीको एक यस्तो ठाउँ, जहाँ दाइजोमा सिंगो गाउँ नै दिने चलन छ , तीन देखि ४ लाख सम्म हुन्छ बिक्री
-
ताजा कार्तिक १९, २०८१विश्वप्रसिद्ध एघारौं ज्योतिर्लिङ्ग केदारनाथ धामको ढोका बन्द गरियाे , ६ महिना पछि खुल्ने
-
ताजा कार्तिक १९, २०८१सर्लाहीमा बेवारिसे महिलाले सडकमै जन्माइन् शिशु
Comments