इटहरी । नेपाल सरकारका पूर्व भूमिसुधार मन्त्री तथा राप्रपा नेता रामकुमार सुब्बासहित तीन जनाविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
उनीहरूविरूद्व एक महिलाले मुद्दा दर्ता गराएकी हुन्। महिलाले आफ्ना गोप्य अङ्गको खानतलासी गर्दै गैरकानुनी व्यवहार गरेको भन्दै सुब्बासहित इटहरी उपमहानगर–९ बस्ने गोपाल शाह र सुनिता घिमिरेविरुद्ध उजुरी दिएकी हुन्।शाह पीडित महिलाका ससुरा हुन् ।
गत चैत २२ गते पूर्वमन्त्री सुब्बा, सुनिता घिमिरे र गोपाल शाह (ससुरा) मिलेर मोरङको डायनियास्थित माइतीघरमै आएर दुव्र्यवहार गरेको बताइएको छ। श्रीमान र ससुराले यातना दिएको भन्दै महिला माइती बस्दै आएकी थिइन् । उनले सम्बन्ध बिच्छेद र अशं मुद्दा दायर गरेकीमा पूर्वमन्त्री सुब्बाले मुद्दा फिर्ता गर्न दबाब दिँदै गोप्य अंगमा पनि खानतलासी गरेको उल्लेख गरेकी छिन् ।


























Discussion about this post