
खाेटाङकाे स्थानीय तह निर्वाचनमा अधिकांश पुरानै अनुहार
- बैशाख २०, २०७९ मा प्रकाशित
खोटाङ: खोटाङका अधिकांश स्थानीय तहका प्रमुख उपप्रमुख पुन: दोहोरिने गरी उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएका छन् । ०७४ सालको स्थानीय तह निर्वाचनमा विजयी भएकामध्ये ११ जना पुन: दाेहाेरिने याेजनामा छन् । जिल्लामा १० स्थानीय तह छन् त्यसमध्ये चार प्रमुख र सात उपप्रमुख पुन: उम्दवार बनेका छन् ।
०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको उपमेयरमा निर्वाचित बीणादेवी राई पुन: सोही पदमा दोहोरिन गरी उम्मेदवार बनेकी छन् ।
हलेसी तुवाचुङ नगरपालिकामा कांग्रेसबाट उपमेयरमा निर्वाचित विमला राई यसपटक मेयर बन्ने दौडमा छिन् । एमालेबाट ऐसेलुखर्क गाउँपालिकाकी उपाध्यक्ष निर्वाचित पुष्पकला भुँजेल सोही पदमा दोहोरिने गरी चुनावी मैदानमा छिन् । यस्तै, केपिलासगढी गाउँपालिकाका एमालेबाट अध्यक्षमा निर्वाचित कृष्णकुमार राई पुन: दोहोरिने गरी उम्मेदवार बनेका छन् ।
खोटेहाङ गाउँपालिकामा एमालेबाट उपाध्यक्षमा चुनिएकी कविता राई यसपटक गाउँपालिका अध्यक्ष बन्ने दाैडमा छिन । एमालेबाट जन्तेढुंगा गाउँपालिका अध्यक्षमा निर्वाचित शंखरबहादुर राई र उपाध्यक्षमा निर्वाचित विमला राई यथास्थानमा चुनिने गरी चुनावमा होमिएका छन् ।
बराहपोखरी गाउँपालिकामा कांग्रेसबाट अध्यक्षमा निर्वाचित शालिक बञ्जरा सोही पदमा दोहोरिने गरी उम्मेदवार बनेका छन् भने एमालेबाट उपाध्यक्षमा निर्वाचित गोमा मगर अध्यक्षमा पदउन्नतीमा होमिएकी छिन् । साकेला गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा चुनिएका अर्जुन खड्का र कांग्रेसबाट उपाध्यक्षमा चुनिएकी सरिता खड्का यथास्थानका लागि उम्मेदवार बनेका छन् ।
३० वैशाखमा हुने स्थानीय तह निर्वाचनबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजाल, हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई, ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष विश्वनाथ निरौला, केपिलासगढी गाउँपालिकाकी उपाध्यक्ष हिरादेवी वन, खोटेहाङ गाउँपालिका अध्यक्ष प्रदीप राई, दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राई र उपाध्यक्ष सपना राई, रावाबेँसी गाउँपालिका अध्यक्ष लिलानाथ निरौला र समला राई बाहिरिएका छन् । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments