बोलोग्नासँग बराबरीमा रोकियो युभेन्ट्स
- बैशाख ४, २०७९ मा प्रकाशित
काठमाडौं: इटालियन सिरी ए फुटबलमा शनिबार राति भएको खेलमा युभेन्ट्स बोलोग्नासँग १-१ अन्तरको बराबरीमा रोकिएको छ ।
युभेन्ट्स ९ खेलाडीमा सिमित बोलोग्नासँग अन्तिम समयमा गोल गर्दै हारबाट जोगिएको थियो ।
खेलको ५२औं मिनेटमा मार्को अर्नुटोभिचले गोल गर्दै बोलोग्नालाई अग्रता दिलाए । इन्जुरी समयमा डुसन भ्लाहोभिचले गोल गरेपछि युभेन्ट्सलाई बराबरीमा ल्याए ।
खेलको ८४औं मिनेटमा दुई खेलाडीले रातो कार्डको सामना गरेपछी बोलोग्ना ९ खेलाडीमा समेटिएको थियो ।
बराबरीसँगै युभेन्ट्सले ३३ खेलमा ६३ अंक जोडेर चौंथो स्थानमा छ । बोलोग्ना ३८ अंक जोडेर १३ औं स्थानमा छ ।
गय रातिका अन्य खेलमा टोरिनो र लाजियोले १-१ गोलको बराबरी खेले । फिओरेन्टिनाले भेनेजियालाई १-० अन्तरले हरायो । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा जेष्ठ ४, २०८१Лучшие Сайты Для Ставок и Спорт, Которым можно Доверять В 2024 Год
-
ताजा जेष्ठ ३, २०८१Рейтинг одним Онлайн-казино 2024 года Апрель Топ 10 Честных И проверенных Казино Из 39
-
ताजा बैशाख ३१, २०८१सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका पहिलो व्यक्तिको मृत्यु
-
ताजा बैशाख ३१, २०८१छात्रामाथि बलात्कार गर्ने मौलवी पक्राउ
-
ताजा बैशाख ३१, २०८१खोलामा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु
Comments