घरेलु मैदानमा पराजित हुँदै बार्सिलोना युरोपा लिगबाट बाहिरियो
- बैशाख २, २०७९ मा प्रकाशित
काठमाडौं: आइनट्राख्ट फ्रान्कफुर्टसँग घरेलु मैदानमा बिहीवार राति ३-२ अन्तरले पराजित हुँदै बार्सिलोना युरोपा लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ ।
नोउ क्याम्पमा लगातार तीन गोल बेहोरेको बार्सिलोना अन्तिम समयमा दुई गोल फर्काए पनि खेलमा फर्किन सकेन ।
जर्मन प्रतिद्धन्द्धी फान्कफुर्टसंग क्याटलान क्लब समग्रमा ४-३ अन्तरले पराजित भयो ।पहिलो लेगमा दुबै टोलीले १-१ गोलको बराबरी खेलेका थिए ।
खेलको अन्तिम समय १० खेलाडीमा सिमित भएको फ्रान्कफुर्टका फिलिप कोस्टिकले दुई तथा राफयल सान्तोष बोरले एक गोल गरे ।
बार्सिलोनाका सर्जियो बुस्क्वेट्स र मेम्फिस डिपाएले गोल गरेपनि टोलीको हार टार्न सकेन । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा जेष्ठ ४, २०८१Лучшие Сайты Для Ставок и Спорт, Которым можно Доверять В 2024 Год
-
ताजा जेष्ठ ३, २०८१Рейтинг одним Онлайн-казино 2024 года Апрель Топ 10 Честных И проверенных Казино Из 39
-
ताजा बैशाख ३१, २०८१सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका पहिलो व्यक्तिको मृत्यु
-
ताजा बैशाख ३१, २०८१छात्रामाथि बलात्कार गर्ने मौलवी पक्राउ
-
ताजा बैशाख ३१, २०८१खोलामा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु
Comments