लिभरपुल सेमिफाइनलमा
- बैशाख १, २०७९ मा प्रकाशित
काठमाडौं: बेन्फिकासँग युइएफए च्याम्पियन्स लिग अन्तर्गत दोस्रो लेगमा बुधबार राति ३-३ गोलको बराबरी खेल्दै लिभरपुल सेमिफाइनलमा प्रवेश गरेको छ ।
समग्रमा इंग्लिस क्लब लिभरपुलले पोर्चुगिज क्लब बेन्फिकालाई ६-४ अन्तरले पराजित गर्यो । पहिलो लेगमा बेन्फिका घरेलु मैदानमा लिभरपुलसंग ३-१ अन्तरले पराजित भएको थियो ।
दोस्रो लेगमा भने बेन्फिकाले खेलमा फर्कन निकै प्रयास गर्यो । तर पहिलो लेग हार्नु नै बेन्फिकाको लागि घातक रह्यो ।
दोस्रो लेगमा लिभरपुलका लागि रोबर्टो फिर्मिनोले दुई तथा इब्राहिमो कोनाटेले एक गोल गरे ।
अर्को क्वाटर फाइनलमा एट्लेटिको मड्रिडलाई १-० अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटी सेमिफाइनलमा प्रवेश गर्यो ।
फाइनल प्रवेशका लागि लिभरपुलले स्पेनिस क्लब भिल्लारियलसंग खेल्नेछ । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा जेष्ठ ४, २०८१Лучшие Сайты Для Ставок и Спорт, Которым можно Доверять В 2024 Год
-
ताजा जेष्ठ ३, २०८१Рейтинг одним Онлайн-казино 2024 года Апрель Топ 10 Честных И проверенных Казино Из 39
-
ताजा बैशाख ३१, २०८१सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका पहिलो व्यक्तिको मृत्यु
-
ताजा बैशाख ३१, २०८१छात्रामाथि बलात्कार गर्ने मौलवी पक्राउ
-
ताजा बैशाख ३१, २०८१खोलामा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु
Comments