लेभान्तेमाथि बार्सिलोनाको रोमाञ्चक जित
- चैत्र २८, २०७८ मा प्रकाशित
काठमाडौं/ रोमान्चक खेलमा लेभान्तेलाई ३-२ अन्तरले पराजित गर्दै स्पेनिस ला लिगामा बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ ।आइतबार राति भ्यालेन्सियामा भएको खेलमा क्याटलान क्लब बार्सिलोनाले १-० ले पछि परेको स्थितिमा खेल उल्टाउदै महत्त्वपूर्ण तीन अंक हासिल गरेको हो ।
बार्सिलोनाको जितमा पिएरे इमेरिक औबामेयाङ, पेड्री र लुक डि जङले एक एक गोल गरे । घरेलु टोली लेभान्तेकालागी जोसे लुइस मारालेस र गोन्जालो मेरेरोले एक एक गोल गरे ।लेभान्तेले दुबै गोल पेनाल्टीमा गरेको थियो । रोजर मार्टीको अर्को एक पेनाल्टी भने बार्सिलोनाका गोलकिपर मार्क आन्द्रे टेर स्टेगेनले बचाउ गरेका थिए ।
जितसंगै बार्सिलोनाले ३० खेलबाट ६० अंक बनाउदै दोस्रो स्थानमा उक्लिएको छ । समान अंक भएपनी एक खेल बढी खेलेको सेभिया तेस्रो स्थानमा झर्यो । ७२ अंकको रियम मड्रिड शीर्ष स्थानमा रहेको छ । पराजित लेभान्ते भने २२ अंक सहित रेलिगेशन क्षेत्रमा छ । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा जेष्ठ ४, २०८१Лучшие Сайты Для Ставок и Спорт, Которым можно Доверять В 2024 Год
-
ताजा जेष्ठ ३, २०८१Рейтинг одним Онлайн-казино 2024 года Апрель Топ 10 Честных И проверенных Казино Из 39
-
ताजा बैशाख ३१, २०८१सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका पहिलो व्यक्तिको मृत्यु
-
ताजा बैशाख ३१, २०८१छात्रामाथि बलात्कार गर्ने मौलवी पक्राउ
-
ताजा बैशाख ३१, २०८१खोलामा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु
Comments