राजस्थान र दिल्लीको जित
- चैत्र २८, २०७८ मा प्रकाशित
काठमाडौं: इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तरगत आइतबार भएको फरक खेलमा राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सले जित हात पारेका छन् ।
राजस्थान रोयल्सले लखनऊ सुपर जायन्ट्समाथि ३ रनको रोमान्चक जित निकाल्यो ।जितका लागि १६६ रनको लक्ष्य पछ्याएको लखनऊ २० ओभरमा ८ विकेट गुमाउँदै १६२ रनमा समेटियो । लखनऊका क्विन्टन डि ककले सर्वाधिक ३९ रन बनाए । मार्कस स्टोइनिसले ३८ रनको योगदान गरे ।
राजस्थानका युजभेन्द्र चहलले एक्लै ४ विकेट लिए । यस्तै ट्रेन्ट बोल्टले २ विकेट झारे । यसअघि मुम्बईमा टस हारेर ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६५ रन बनायो । राजस्थानका शिम्रन हेटमायरले सर्वाधिक ५९ रन बनाए । देवदत्त पाडिक्कलले २९ रनको योगदान गरे । जितसंगै राजस्थान ४ खेलमा ३ जित र १ हार सहित ६ अंक जोड्दै शीर्ष स्थानमा छ । लखनउ ५ खेलमा ३ जित दुई हार सहित पाचौं स्थानमा छ ।
यस्तै अर्को खेलमा दिल्ली क्यापिटल्सले शीर्ष स्थानको कोलकत्ता नाइट राइडर्सलाई ४४ रनले पराजित गरेको छ । दिल्लीले दिएको २१६ रनको लक्ष्य पछ्याएको कोलकत्ताले १९ ओभर ४ बलमा सबै विकेट गुमाउदै १७१ रन मात्र बनाउन सक्यो । कोलकत्ताका कप्तान श्रेयस एयरले सर्वाधिक ५४ रन बनाए । दिल्लीका कुलदिप यादवले ४ तथा खलिल अहमेदले ३ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर २१५ रनको विशाल योगफल बनायो । दिल्लीका डेभिड वार्नरले सर्वाधिक ६१ रन बनाउदा पृथ्वी शले ५१ रनको योगदान गरे । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा जेष्ठ ४, २०८१Лучшие Сайты Для Ставок и Спорт, Которым можно Доверять В 2024 Год
-
ताजा जेष्ठ ३, २०८१Рейтинг одним Онлайн-казино 2024 года Апрель Топ 10 Честных И проверенных Казино Из 39
-
ताजा बैशाख ३१, २०८१सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका पहिलो व्यक्तिको मृत्यु
-
ताजा बैशाख ३१, २०८१छात्रामाथि बलात्कार गर्ने मौलवी पक्राउ
-
ताजा बैशाख ३१, २०८१खोलामा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु
Comments