स्रोत नखुलेको ११ लाखसहित एकजना पक्राउ
- चैत्र १३, २०७८ मा प्रकाशित
सिरहा: सिरहाबाट स्रोत नखुलेको ११ लाख दुई हजार नौ सय पचास रुपैयाँसहित एकजनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नं. २ छिन्नमस्ता वाहिनी बर्दिवास महोत्तरी र सशस्त्र प्रहरी बल नं. ७ गण हेडक्वाटर सिरहाबाट खटिएको टोलीले लहान-१ मटियर्वाबाट भगवानपुर गापा-४ का ४४ वर्षीय दिलीपकुमार साहलाई नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाका आधारमा सीमाक्षेत्र भगवानपुरबाट पछ्याउँदै आएकाे प्रहरीले लहानबाट आठ सय तीन थान हजारको नोट, चार सयवटा पाँच सयको नोट, नाै सय ९९ वटा सयको र एक थान ५० को नोटसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
नियन्त्रण लिएका साहलाई रकमसहित आवश्यक अनुसान्धान एवं कारबाहीका लागि जिल्ला भन्सार कार्यालय माडरलाई बुझाएको छ । प्रायः सीमाक्षेत्रका भारतीय बजारमा कारोवार भएको नेपाली रुपैयाँ सिरहाको लहान, गोलबजार, सिरहा सदरमुकामका बैंकमा जम्मा गर्न लिएर आउने जानकारहरू बताउँछन् । भारतीय व्यवसायीहरूले नेपालमा रहेका आफन्त वा विश्वासिला व्यवसायीहरूको नाममा खाता खोलेर रकम जम्मा गर्ने र एटिएमको माध्यमबाट भारतमै रकम निकाल्ने गरेको बताइन्छ । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा जेष्ठ ४, २०८१Лучшие Сайты Для Ставок и Спорт, Которым можно Доверять В 2024 Год
-
ताजा जेष्ठ ३, २०८१Рейтинг одним Онлайн-казино 2024 года Апрель Топ 10 Честных И проверенных Казино Из 39
-
ताजा बैशाख ३१, २०८१सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका पहिलो व्यक्तिको मृत्यु
-
ताजा बैशाख ३१, २०८१छात्रामाथि बलात्कार गर्ने मौलवी पक्राउ
-
ताजा बैशाख ३१, २०८१खोलामा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु
Comments