१४ सामुदायिक वनलाई अग्नि नियन्त्रक औजार
- चैत्र १३, २०७८ मा प्रकाशित
खोटाङ: डिभिजन वन कार्यालय खोटाङले जिल्लाका १४ सामुदायिक वनलाई अग्नि नियन्त्रक औजार प्रदान गरेको छ । सामुदायिक वनमा लाग्ने डढेलो तथा आगलागी नियन्त्रण गर्ने प्रयोजनका लागि डिभिजन वन कार्यालयले खोटेहाङ गाउँपालिकाका १० र दिप्रुङ चुईचुम्मा गाउँपालिकाका ४ वटा सामुदायिक वन उपभोक्ता समूहलाई अग्नि नियन्त्रक औजार प्रदान गरेको हो ।
सामुदायीक वन उपभोक्ता महासंघ खोटाङको माग बमोजिम डिभिजन वन कार्यालयले खोटेहाङ गाउँपालिकाको सल्ले, ठूलोपाखा, अँधेरी खहरे, नमुना, मड्केला, चैनपुर, नौलापाखा, खोटाङपाखा, दुवेनी र आइतबारे सामुदायिक वन तथा दिप्रुङ चुईचुम्मा गाउँपालिकाको बसुवा, खहरे चाङताङ, खमारे र उर्लेनी भिरपाखा सामुदायीक वन लगायतको वनमा लागेको डढेलो नियन्त्रणमा उपयोगका लागि औजार प्रदान गरेको हो ।
डढेलो लागेकोबेला स्थानीय सामुदायिक वन उपभोक्ता समूहले प्रयोग गर्न पाउनेगरी प्रतिपालिका नाै थान फायर स्वाटर, सात थान रेक, चार थान रेक हु, चार थान बेल्चा, चार थान मास्क, ६ थान पञ्जा, पाँच थान हेल्मेट, तीन थान एक्स हु प्रदान गरिएको सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष राजेन्द्र राईले बताए ।
सामुदायिक वन उपभोक्ता महासंघको खोटेहाङ गाउँपालिका अध्यक्ष दिलीप राई र महासंघको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष विरेन्द्रप्रसाद रायलाई अग्नि नियन्त्रक औजार हस्तान्तरण गरिएको छ । डिभिजन वन अधिकृत भिमबहादुर कालिकोटे, सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष राई र निजी पारिवारिक वन संघका जिल्ला अध्यक्ष गंगाधर कार्कीले अग्नि नियन्त्रक औजार हस्तान्तरण गरेका थिए ।
गत ६ चैतमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका ६ वटा सामुदायिक वन आवद्ध अग्नि नियन्त्रण सञ्जाललाई आगो नियन्त्रण गर्ने औजार प्रदान गरिएको थियो । -न्यूज कारखाना
सम्बन्धित खवर
-
ताजा जेष्ठ ४, २०८१Лучшие Сайты Для Ставок и Спорт, Которым можно Доверять В 2024 Год
-
ताजा जेष्ठ ३, २०८१Рейтинг одним Онлайн-казино 2024 года Апрель Топ 10 Честных И проверенных Казино Из 39
-
ताजा बैशाख ३१, २०८१सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका पहिलो व्यक्तिको मृत्यु
-
ताजा बैशाख ३१, २०८१छात्रामाथि बलात्कार गर्ने मौलवी पक्राउ
-
ताजा बैशाख ३१, २०८१खोलामा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु
Comments